सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गरेको छ । भेरीमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा डा. राजन पाण्डेलाई नियुक्त गरिएको हो ।
११ औं तहका प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा. पाण्डे लामो समयदेखि भेरी अस्पतालमा कार्यरत रहेका छन् ।
डा. पाण्डे हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट जर्मनीमा रहेका छन् ।