नेकपा (एमाले ) बाँकेको नवौं जिल्ला अधिवेशन आज शुक्रवारदेखि नेपालगन्जमा आयोजना गरिंदैछ ।
एमाले महासचिव, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने अधिवेशन तयारी पुरा भएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
अधिवेशन विहीवार तयारी पुरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले बाँकेका अध्यक्ष कक्षपतिले पार्टी केन्द्रीय अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष उपस्थितिमा बन्द सत्रको आयोजना हुने बताए ।
एमालेका अनुसार, पार्टी अधिवेशनका लागि ४६८ जना प्रतिनिधिहरू अधिवेशनमा सहभागिता जनाउन आज नेपालगन्ज आइपुग्दैछन् ।
नेपालगन्ज उपमहानगरबाट ८३ जना, कोहलपुर नगरपालिकाबाट ८९ जना, खजुरा गाउँपालिकाबाट ६१ जना, जानकीबाट १६ जना, बैजनाथबाट ७५ जना, राप्ती सोनारीबाट ३६ जना, डुडुवाबाट १६ जना, नरैनापुरबाट ११ जना र जनसंगठनबाट ८१ गरि जम्मा ४६८ जना प्रतिनिधिहरू अधिवेशनमा सहभागिता जनाउने अध्यक्ष कक्षपतिले जानकारी दिए ।
‘हामीले यो अधिवेशनमा हाम्रो पार्टीले ८ औं अधिवेशन देखि हालसम्म २४ महिनामा पुरा गरेको कामहरूको समीक्षा, आगामी ३ बर्षे कामको कार्ययोजना समेत तय गर्ने छौं,’ अध्यक्ष कक्षपतिले आफ्नो वर्तमान कार्यकालको अन्तिम प्रेस विज्ञप्तिमा भनेका छन्, ‘पार्टीको जिल्ला अधिवेशन सबै कुराको हिसाबले महत्वपूर्ण हुन्छ त्यसकारण यो जिल्ला अधिवेशनले नयाँ नेतृत्व मात्रै चयन होइन, पार्टीको कार्यभारको तय र पार्टीलाई बलियो,उत्कृष्ट र जनताको पक्षमा उभ्याउन पनि बिशेष हुनेछ ।’
आगामी कार्यकालका लागि पनि नेतृत्व दावी गरिरहेका अध्यक्ष कक्षपतिले पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै कार्यकर्ताको चाहना र चयननै सर्वाेपरि हुने बताए । उनले अधिवेशनमा भइरहेका नेतृत्वका दावेदारी र निर्वाचन