विस १९९० को विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ ।
भूकम्पले क्षति पु¥याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसै सन्दर्भमा ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएईदैँछ ।
पश्चिम नेपालमा भुकम्प गएमा ठूलो जनधनको क्षति हुने आंकल गर्दै तथ्यांकहरू सार्वजनिक हुँदै आएका छन् । बाँके भुकम्पीय जोखिममा रहेको जिल्ला हो । बाँके अन्तर्गत पश्चिम नेपालको पुरानो सहर नेपालगन्जमा पनि भुकम्पीय जोखिममा रहेका छ ।
नेपालगन्जमा भुकम्प गैहाले हुनसक्ने क्षति र पूर्व तयारीबारे अध्ययन भएको छ । सुपर परियोजनाले नेपालगन्जमा वस्तु स्थिति अध्ययन गरी गरेको अनुसन्धानका क्रममा ७.८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जमा २ सय १८ घर पूर्ण रूपमा क्षति हुने अनुमान गरेको छ । त्यस्तै, ८.६ रेक्टर स्केलको भुकम्प गएमा ३ हजार घरहरूमा क्षतिपुग्न सक्ने प्रक्षेपण गरिएको छ । रेडक्रसद्वारा सञ्चालित शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजनाले नेपालगन्जमा जोखिमको आंकलन गरी तथ्य सार्वजनिक गर्दै पूर्वतयारीका लागि अवलम्वन गर्नुपर्ने कार्यबारे स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण पनि औपचारिक कार्यक्रममा गराइसकेको छ ।
परियोजनाको अध्ययन अनुसार, नेपालगन्जमा मात्रै ११ हजार ८ सय जना भन्दा बढी मानिसहरू विपद्को जोखिममा रहेका छन् । त्यसैले पनि सुपर परियोजनाले पूर्वतयारी र प्रतिकार्यमा जोड दिएको छ ।
आज मंगलबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस दिवस । दिवसका अवसरमा भूकम्पबाट जोगिन भुकम्प प्रतिरोधी पूर्वाधार निर्माणको सन्देश दिँदै विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना हुने गरेका छन् । तर, औपचारिकताका लागि मनाइने यस्ता दिवसले खासै प्रभाव भने पार्दैनन् ।
कमजोर भौतिक संरचना नै भुकम्पबाट मृत्युको प्रमुख कारण हो । भुकम्प प्रतिरोधी भौतिक सरंचनाले भुकम्पका बेला मानवीय क्षति धेरै कम गर्न सकिने विश्वास छ। भुकम्पले आफैले मार्दैन कमजोर, अव्यस्थित भौतिक संरचनाले किचेर मार्ने हो ।
नेपालगन्ज दशकौं पुरानो सहर हो । सहरीकरण हुँदै जाँदा भौतिक संरचना भुकम्प प्रतिरोधी बनाउनमा ख्याल नै राखिएन । जब भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि भवन निर्माण संहिता लागु भयो त्यसपछि नयाँ घरहरू मापदण्ड अनुसार नै छन् । तर, पुराना भौतिक संरचना भुकम्प आएमा धराप साबित हुने निश्चित नै छ ।
विगतमा भुकम्पले ठूलो क्षति पुर्याएपछि सरकारी स्थलमा बन्ने संरचनाहरू भने भुकम्प प्रतिरोधी बनाउने गरिएको छ । तर, व्यक्तिगत रूपमा हुने निर्माणमा लापरवाही अझै पनि पाइने सम्बद्धहरू बताउँछन् ।
वि.सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । यो दिवस मनाउन थालेपछि वि.सं. २०७२ वैशाख १२ गते शनिबार विशानकारी भुकम्प गयो । गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा र बढी पुरातात्विक सम्पदा भत्किए ।
यसै बर्ष जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्पमा १ सय ५० बढीको ज्यान गएको थियो ।