नेपालगन्ज साइकल उत्सव अन्तर्गत छैटौं संस्करणका लागि आयोजना गरिन लागेको टूर डे ठाकुरद्वाराको तयारीलाई तिब्रता दिइएको आयोजकले जनाएको छ ।
‘तयारीलाई विभिन्न जिम्मेवारी लिएका साथीहरू सक्रिय रूपमा लाग्नुु भएको छ,’ त्यसैक्रममा नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटा र इभेन्ट डाइरेक्टर सतिश निरौला राजधानी काठमाडौ पुगेको जानकारी दिंदै सञ्चार समितिका सदस्य विष्णु कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘स्रोतको सुनिश्चिततानै चुनौती बनेको छ ।’
सञ्चार सदस्य कंडेलका अनुसार, तयारीका लागि आवश्यक स्रोत र राष्ट्रिय– अन्तरराष्ट्रिय सहभागिताका लागि अध्यक्ष सापकोटा, विर्तमान अध्यक्ष निरौला काठमाडौं पुगेका हुन् ।
इभेन्ट डाइरेक्टर निरौलाले काठमाडौमा आफुहरू विभिन्न निकायमा स्रोतका लागि प्रस्ताव लिएर गएको बताए । ‘फोन पे, राष्ट्रिय बाणिज्य बैंक, नेपाल टेलिकम, राष्ट्रिय खेलकुद परिषद लगायतका कार्यालयमा प्रपोजल दिएका
छौं,’ निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएकाले हामी उत्साहित छौं ।’ उनले टूर दि ठाकुरद्वारामा सहभागिता जनाउन काठमाडौ, ललितपुर, भक्तपुर लगायतका साइकल प्रेमिहरूसङ्ग भेटघाट गरि निमन्त्रणा समेत गरिएको पनि जानकारी दिए ।
स्थानीय स्तरमा पनि तयारीलाई तिब्र पारिएको आयोजक नेपालगन्ज साइक्लिङ क्लबका सचिव इन्द्र गिरिले बताएका छन् । सचिव गिरिका अनुसार, बाँके र बर्दियाका स्थानीय सरकारलाई भेटघाट र छलफल अगाडि बढाइएको छ भने स्थानीय उद्योगी, व्यावसायी लगायत सरोकारवाला सङ्ग छलफल र आयोजनाका बारे बिमर्श गरिएको छ । ‘नेतृत्व नेपालगन्ज फर्किएपछि सबै तयारीले मूर्तरूप पाउनेछ,’ क्लबका सदस्य कंडलले माघ २० गतेसम्म तयारी सक्नेगरि
काम भइरहेको जानकारी दिंदै
भने ।
‘टूर डे ठाकुरद्वारा’ तयारीमा तिब्रता
