अख्तियार : अप्रत्यक्ष माध्यमबाट उजुरी बढी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता निकै सहज भएको छ । जसका कारण उजुरी गर्ने क्रम पनि बढेको छ । अख्तियारले कार्यालयमै उपस्थित नभएर लिखित दिनुपर्ने बाध्यता हटाएर इमेल, टेलिफोन, हुलाकलाई समेत उजुरी समेतलाई आधिकारिक उजुरीका रूपमा लिन गरेपछि अख्तियारमा उजुरी बढेको छ ।

‘लिखित उजुरी गर्न हिच्किचाउने, पहिचान खुल्न सक्ने डरले पनि प्रविधिको प्रयोग गरी दिन उजुरी दिनसक्ने व्यवस्था प्रभावकारी भएको छ’, अख्तियारका अधिकारी भन्छन् । अख्तियारमा पर्ने अधिकांस उजुरी कार्यालयमै पुगेर लिखित भन्दा अन्य माध्यमको प्रयोग हुन थालेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आ.व.को हालसम्म ३ सय ५८ वटा उजुरी परेको छ । दाङ्ग, बाँके, बर्दिया र रोल्पा कार्यक्षेत्र रहेको सम्पर्क कार्यालयमा पर्ने अधिकांस उजुरी प्रविधिको प्रयोग गरेर गरिएको छ । चालु आ.व. २०८१÷०८२ को हालसम्म टेलिफोन मार्फत १७ वटा उजुरी अख्तियारमा दर्ता गराइएका छन् ।

चालु आर्थिक बर्षको साढे आठ महिनामा परेका कुल ३ सय ५८ मध्ये साउनमा कुल ७१ वटा उजुरी परेका थिए । जसमध्ये २४ वटा इमेल मार्फत, हुलाक सेवा मार्फत २६, लिखित १८ वटा उजुरी परेका थिए । चालु आ.ल.को अन्य महिनामा पनि इमेल मार्फत गरिएको उजुरीको संख्या उल्लेख्य रहेको छ ।

चालु आ.व.को भदौं महिनामा परेका ४१ मध्ये १२ वटा इमले हुलाक मार्फत १९, लिखत ८ वटा उजुरी अख्तियारमा परेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा असोज महिनामा ३१ वटा उजुरी परेका थिए । जसमध्ये १० वटा इमले १४ वटा हुला र लिखित ८ वटा उजुरी परेका थिए । कार्तिकमा परेको २८ उजुरीमा इमेल मार्फत ७ र ९ वटा हुलाक तथा १० लिखित उजुरी परेका थिए । मंसिरमा ३७ वटा उजुरी परेकोमा १६ वटा इमेल र ८ वटा हुलाक मार्फत तथा ११ लिखित उजुरी परेका थिए ।

पुरमा ४० वटा उजुरी अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा परेकोमा २१ वटा उजुरी इमेल मार्फत रहेका छन् । पुसमा २१ वटा उजुरी इमेल मार्फत रहेका थिए भने ७ वटा हुलाक र ११ लिखित उजुरी परेका थिए ।
माघ महिनामा कुल ३१ उजुरीमा ७ वटा इमेल, ७ वटा लिखित र १६ वटा लिखित उजुरी परेकोमा फागुनमा ५३ उजुरीमा २१ इमेल, २२ हुलाक र ६ लिखित उजुरी परे ।

चालु आ.व.को चैत्रको हालसम्म अख्तियारको सम्पर्क कार्यालयमा २६ वटा उजुरी परिसकेका छन् । जसमध्ये इमेल मार्फत ११ र ९ वटा हुलाक मार्फत उजुरी दर्ता गराइएको छ भने लिखित उजुरी २ वटा मार्फत परेको छ ।

Exit mobile version