अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार/फोटोग्राफर जयनारायण शाहले खिचेका फोटोहरुको `विटनेश अफ टाइम´ शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको छ। आगामी जेठ ११ र १२ गते नेपालगन्जमा हुने उक्त प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई फोटोको माध्यमबाट प्रस्तुत गरिनेछ।`विटनेश अफ टाइम´ प्रदर्शनीले समयको साक्षी वनेका दृश्य,पात्र, नेपाली समाज , भेषभूषा , संस्कृति, दैनिक जीवन र प्रकृतिलाई तस्वीर मार्फत उजागर गर्ने उद्देश्य लिएको छ। प्रदर्शनीमा राखिएका तस्वीरहरूले दर्शकलाई मानव सभ्यता र प्रकृतिका विविध आयाम अनुभव गराउने विश्वाश छ। `कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन् ´ पत्रकार।फोटोग्राफर जयनारायण शाह भन्छन् – `तिनै क्षणहरूलाई जिवन्त राख्ने प्रयास यो फोटो प्रदर्शनी हो।´गएको डेढ दशकमा मूलुकले विभिन्न घटनाक्रम बेहोर्नु पर्यो । राजनीतिक परिदृश्यहरु फेरिए। यस क्रममा धेरै आन्दोलन र झडपहरु भए। भुकम्प, नाकाबन्दी , कोभिड महामारी र लकडाउनले आम जनजीवन अत्यन्त कष्टप्रद रह्यो। यो सवै कालखण्डका तस्वीरहरु फोटोग्राफर शाहले खिचेका छन्।`यात्राका दौरान जहाँ -जहाँ पुगें त्यो ठाउँको जनजीवन, रहनसहन, भेषभूषा , बस्ती , प्रकृति ,फूलहरु ,सुन्दर दृश्यहरु , पदयात्रामा भेटिएका मानिसहरुका तस्वीरहरु मैले क्यामेरामा कैद गरें ´ – पत्रकार शाह भन्छन् -` प्रदर्शनीवाट अब यी तस्वीरहरु साझा गर्दैछुँ।´यस प्रदर्शनीमार्फत नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि अभिवृद्धि गर्नुका साथै समाजको जिवन्त तस्वीर प्रस्तुत गर्ने लक्ष्य राखिएको आयोजक अन्तरालले जनाएको छ।समय, समाज र स्मृतिको कथा बोकेका यी तस्वीरहरू अवलोकन गर्न सम्पूर्ण कलाप्रेमी, विद्यार्थी सञ्चारकर्मी तथा आम सर्वसाधारणलाई आयोजक अन्तरालले आमन्त्रण गरेको छ।
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
- Dainik Nepalgunj

- Categories: News
Related Content
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य
by
Dainik Nepalgunj
May 19, 2026
‘लालिबजार’
by
Dainik Nepalgunj
May 19, 2026
नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ
by
Dainik Nepalgunj
May 19, 2026
एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा
by
Dainik Nepalgunj
May 19, 2026
रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम
by
Dainik Nepalgunj
May 19, 2026