अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताउँनु भएको छ । प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब २३२ अर्ब डलरको नोक्सानी बेहोरेको छ । साथै अन्तरराष्ट्रिय बैंकहरूमा रहेको भेनेजुएलाको २२ अर्ब डलरभन्दा बढीको सम्पत्ति पनि रोक्का गरिएको उपराष्ट्रपतिले बोलिभियाली शहर सान्ता क्रुज डे ला सिएरामा आयोजित अन्तरराष्ट्रिय गोष्ठीमा उल्लेख गर्नु भएको छ । सन् २०२३ अक्टोबरमा सरकार र भेनेजुएलाका विपक्षी दलहरू बीच भएको बार्बाडोस सम्झौतामा अमेरिकाले प्रतिबन्ध हटाउने सहमति भए तापनि पालाना नभएको उहाँको गुनासो छ । उक्त सम्झौताले ‘जनरल लाइसेन्स ४४’ का नामले चिनिने राहत भेनेजुएलालाई उपलब्ध भएको भए तापनि राष्ट्रपति निकोलस मादुरोले विपक्षी दलबाट राष्ट्रपतिको उमेद्वारको दौडमा रहेका नेतालाई चुनाबमा अगाडि बढ्न प्रतिबन्ध लगाएपछि बाइडेन प्रशासनले भेनेजुएला माथि पुनः प्रतिबन्ध लगाएको थियो । अमेरिकाको पछिल्लो कदम विपक्षी नेतालाई राष्ट्रपतिको उम्मेदवार हुनबाट प्रतिबन्ध लगाउने मादुरोको निर्णयको प्रतिक्रियामा आएको थियो। उक्त गोष्ठीलाई सम्बोधन गर्दै उपराष्ट्रपति रोड्रिग्वेजले अमेरिकी एकपक्षीय नीतिहरूलाई ध्यानमा राख्दै अब ल्याटिन अमेरिकालाई “अनिवार्य रूपमा” नयाँ वित्तीय संरचना चाहिएको बताउँनु भएको छ । “यदि हामी नयाँ वित्तीय संरचनाको बारेमा सोच्न चाहन्छौं भने हामीले आफ्नै मुद्रामा व्यापार गर्नुपर्दछ,” उहाँले भन्नु भयो ।
अमेरिकी प्रतिबन्ध, भेनेजुएलालाई ७०० अर्ब घाटा
- Dainik Nepalgunj

- Categories: World
Related Content
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति
by
Dainik Nepalgunj
March 12, 2025
भारतको अशान्त मणिपुर राज्यमा मिलिसिया लडाकूहरूद्वारा लुटिएका हतियारहरू समर्पण
by
Dainik Nepalgunj
February 28, 2025
मेलबर्न शिखर सम्मेलन २०२५ नवप्रवर्तन र दिगो विकासमा जोड दिँदै सम्पन्न
by
Dainik Nepalgunj
February 24, 2025
रुसले बर्बरता रोक्न चाहन्छ… यो अर्थहीन युद्ध हो : अमेरिकी राष्ट्रपति ट्रम्प
by
Dainik Nepalgunj
February 19, 2025
ओपनएआईद्वारा च्याटजिपिटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल घोषणा
by
Dainik Nepalgunj
February 3, 2025