मधु पौडेल
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले पछिल्लो समय ग्रीनबेल्टमा लगाइएको रंगीविरंगी फुलका कारण सुर्खेतरोड भाइरल हुँद बढेको फोटो, भिडियो खिच्नेको चाप आज सोमबार देखि व्यवस्थित गर्ने बताएका छन् ।
सुर्खेतरोडको अति व्यस्त सडक बीच फोटो, भिडियो खिच्न आउनेहरुको उचित व्यवस्थापन गर्ने उल्लेख गर्दै नगर प्रमुख विष्टले त्यसका लागि रोकतोक नगर्ने उल्लेख गरेका छन् । ‘राजमार्ग भएकाले सोमबारदेखि मार्किङ्ग गरेर व्यवस्थित गर्छौ’, उनले भने, ‘दुर्घटना हुनसक्ने जोखिम पनि छ, हामीले अनुगमन पनि गरेका छौं, अब पोल र डोरी लगाएर व्यवस्थित गर्छौ ।’
‘फोटो, भिडियो खिच्नेलाई पनि सहज हुने गरी व्यवस्थापन गर्छौ’, नगर प्रमुख विष्टले भने ।
