आयोजकलाई दर्पण कपको उपाधी

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा भएको दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवले हात पार्न सफल भएको छ ।

गत संस्करणको समेत बिजेता रहेको आयोजक न्यू दर्पणले शनिबार भएको फाईनल खेलमा न्यू डाँफे स्पोर्टस क्लव डि गाउँलाई १ का बिरुद्ध २ गोलको अन्तरले पराजित गर्दै लगातार दोश्रो पटक उपाधी जित्न सफल भएको हो । न्यू दर्पणका तर्फबाट म्यान अफ द म्याच बिपिन मगरले २ गोल गरेका थिए ।
विजेता न्यू दर्पणले नगद एक लाख ११ हजार १११ रुपियाँ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । यसैगरी उपविजेता बनेको न्यू डाँफे नगद ५५ हजार ५५५ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा न्यू दर्पणका प्रेम सुनार सर्बोत्कृष्ट खेलाडी, प्लेयर अफ द म्याच बिपिन मगर, उत्कृष्ट रक्षक न्यू डाँफेका सुनिल आले र उत्कृष्ट गोल रक्षक न्यू दर्पणका प्रतिक शेर्पाईली पुरस्कृत भए ।

विजेता खेलाडीहरुलाई खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर रोका, क्लवका अध्यक्ष प्रकाश केसी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो । प्रतियोगिताको फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर सुरु भएको प्रतियोगिताको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्री र खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले उद्घाटन गर्नुभएको थियो ।

ई गाउँस्थित मनकामना माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा बिभिन्न १४ समूहको सहभागिता रहेको थियो ।

Exit mobile version