कोहलपुरस्थित लक्ष्मी माविकी विद्यार्थी आशिका केसीले पब्लिक स्पिच बाँके सिजन–४ को उपाधि हासिल गरेकी छन् ।बास नेपालको आयोजनामा बुधवार भएको प्रतियोगिताको फाइनल राउण्डमा छनोट भएका १० जना प्रतियोगीबीच कडा प्रतिस्पर्धा हुँदा आशिका प्रथम हुन सफल भएकी हुन् । प्रथम स्थान हासिल गरेसँगै उनले नगद रु. २५ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेकी छन् ।त्यसैगरी, द्वितीय स्थान कृष्ण मावि कोहलपुरकी शृष्टि बुढामगर र तृतीय स्थान ज्ञानोदय नमुना मावि खजुराकी मनिषा उपाध्यायले हासिल गरेका छन् । बासका सूचना अधिकारी हेमराज भट्टका अनुसार, द्वितीय हुनेले नगद रु. १५ हजार तथा तृतीय हुनेले रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।भोटिङका आधारमा ‘पब्लिक च्वाइस अवार्ड’ ज्ञानोदय नमुना मावि खजुराकी मनिषा उपाध्यायले जितेकी छन् । उनले उक्त अवार्डअन्तर्गत नगद रु. २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।उत्कृष्ट प्रतियोगीहरूलाई प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा, विशिष्ट अतिथि केएल दुगड ग्रुप नेपालगन्ज प्रमुख प्रदीप छाछेड, निर्णायक तथा बास नेपालका संस्थापक सल्लाहकार रुद्र तिमिल्सिना, समाजसेवी शशि सिंह तथा बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।विद्यार्थी तथा युवामा वक्तृत्वकला, भाषणकला र सार्वजनिक अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले ‘पब्लिक स्पिच’ कार्यक्रम आयोजना गरिएको बास नेपालले जनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि बास्कोटाले गमलामा पानी हालेर प्रतियोगिताको उद्घाटन गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन निर्देशक हेमराज भट्टले गरेका थिए भने ‘पब्लिक च्वाइस अवार्ड’को घोषणा कार्यक्रम अधिकृत रवीन्द्र बोहराले गरेका थिए ।
आशिका केसीलाई ‘पब्लिक स्पिच’ उपाधि
- Dainik Nepalgunj

- Categories: News
Related Content
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य
by
Dainik Nepalgunj
May 19, 2026
‘लालिबजार’
by
Dainik Nepalgunj
May 19, 2026
नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ
by
Dainik Nepalgunj
May 19, 2026
एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा
by
Dainik Nepalgunj
May 19, 2026
रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम
by
Dainik Nepalgunj
May 19, 2026