जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैशाख महिनामा बाँके जिल्लामा ७ जनाले आत्महत्या गरेका छन् ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आत्महत्या गर्ने सबै ७ जनाले झुण्डिएर आत्महत्या गरेको उल्लेख गरिएको छ । लिङ्गका आधारमा विश्लेषण गर्दा ४ जना पुरुष र ३ जना महिला रहेका छन् ।
उमेर समूहअनुसार २६ देखि ३५ वर्ष उमेर समूहका ६ जना तथा ४६ देखि ६० वर्ष उमेर समूहका १ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
