राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण
- Dainik Nepalgunj

- Categories: Education, News, मुख्य समाचार
Related Content
किशोरीहरुको चासो : बिहेबारी २० बर्षपारी
by
Dainik Nepalgunj
March 12, 2025
‘पावर सप्लाई सुधार गरिंदै’
by
Dainik Nepalgunj
March 12, 2025
होली : बाँकेमा एक हजार बढी प्रहरी खटिंदै
by
Dainik Nepalgunj
March 12, 2025
चुरे समितिमा दस वर्षमा झण्डै रु १५ अर्ब खर्च, उपलब्धि कति ?
by
Dainik Nepalgunj
March 12, 2025
राजनीतिमा महिना नेतृत्व अझै पनि व्यवहारीक भएनः संविधानसभा पूर्वउपसभामुख सुवेदी
by
Dainik Nepalgunj
March 11, 2025