करेन्ट लागेर सुर्खेतमा एकजनाको मृत्यु

सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–१४, का ३६ वर्षीय धनराज सलामी रहेका छन् ।

घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिबार बिहान ९:३० बजेको समयमा करेन्ट लागेर घाइते भएका थिए । उपचारको लागि मेहलकुना अस्पताल पुर्याउँदा अस्पतालले मृत्य घोषणा गरेको प्रहीले जनाएको छ ।

Exit mobile version