घरेलु हिंसाका घटना बढी, हराएका २२ भेटिएनन्

जिल्ला प्रहरी कार्यालय बाँकेले गते बैशाख महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १ सय ४ वटा उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये ८३ वटा उजुरी फछ्र्योट गरिएको तथा २१ वटा उजुरी फछ्र्योट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पीडित तथा पीडकको उमेर समूह विश्लेषण गर्दा १८ देखि २५ वर्ष उमेर समूहका ३९ जना तथा २६ देखि ३९ वर्ष उमेर समूहका ६५ जना रहेका छन् ।

यसैगरी हराएका तथा फेला परेका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकको तथ्यांक पनि प्रहरीले सार्वजनिक गरेको छ । विवरणअनुसार ३६ महिला, २५ बालिका, ७ बालक, १ ज्येष्ठ नागरिक पुरुष र ११ पुरुष हराएको निवेदन परेको थियो । तीमध्ये २३ महिला, १९ बालिका, ५ बालक, १ ज्येष्ठ नागरिक पुरुष र १० पुरुष फेला परेका छन् । अझै १३ महिला, ६ बालिका, २ बालक र १ पुरुष फेला पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घरेलु हिंसातर्फ बैशाख महिनामा झै–झगडासम्बन्धी ७४ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ५४ वटा घटनामा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Exit mobile version