स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय २० निर्धारण भएको छ ।
तोलामा रु सात सयले बढ्यो सुनको मूल्य
- Dainik Nepalgunj

- Categories: News
Related Content
लागुऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ
by
Dainik Nepalgunj
May 30, 2026
यी वस्तुमा बढ्यो अन्तःशुल्क
by
Dainik Nepalgunj
May 30, 2026
सिक्टालाई अढाई अर्ब
by
Dainik Nepalgunj
May 30, 2026
एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
by
Dainik Nepalgunj
May 29, 2026
शिक्षाको महत्व बुझाउने ‘लालीबजार’
by
Dainik Nepalgunj
May 29, 2026