सरकारले आगामी आ.व.का लागि सिक्टा सिंचाई आयोजनालाई अढाई अर्ब भन्दा बढी विनियोजन गर्ने भएको छ ।
शुक्रबार सार्वजनिक बजेट भाषणमा सिक्टा सिँचाइ आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ ५ हजार हेक्टर जमिनमा थप सिँचाइ सुविधा पुर्याउने उल्लेख छ । यसका लागि रू. २ अर्व ५५ करोड सरकारले विनियोजन गर्ने भएको छ ।
