नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स) बाँकेको ७औँ वार्षिक साधारण सभा तथा ४औँ अधिवेशनले नविन शर्मा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
निप्स बाँकेका संस्थापक अध्यक्ष श्री डी.एन. गिरीको प्रमुख आतिथ्यता तथा अध्यक्ष सिद्धार्थ जंग शाहको अध्यक्षतामा भएको अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा नवीन शर्मा पौडेल (राष्ट्रिय बीमा कम्पनी लि), उपाध्यक्षमा यज्ञ प्रसाद सापकोटा (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.), महासचिवमा दिपेन्द्र सिंह ऐर (आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लि.), सचिवमा बसन्तराज घिमिरे (हिमालयन एभरेष्ट इन्स्योरेन्स लि.) तथा कोषाध्यक्षमा रुचि गुप्ता (नेशनल इन्स्योरेन्स लि.) निर्वाचित हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा श्याम भक्त मल्ल (प्रभु इन्स्योरेन्स लि.), दीपक चालिसे (हिमालयन लाइफ इन्स्योरेन्स लि.), रविन कुमार भट्ट (युनाइटेड अजोड इन्स्योरेन्स लि.) तथा अञ्जु कुमारी बानियाँ (सिटिजन्स लाइफ इन्स्योरेन्स लि.) निर्वाचित हुनुभएको छ। मनोनित सदस्यहरूमा रविन्द्र शाही ९सानिमा जिआईसी इन्स्योरेन्स लि.) तथा जनक प्रसाद रिजाल (ट्रस्ट माइक्रो इन्स्योरेन्स लि.) रहनुभएको छ।
नवनिर्वाचित महासचिव दिपेन्द्र सिंह ऐरले नवीन शर्मा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी दिँदै सम्पूर्ण निर्वाचित तथा मनोनित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले बीमा क्षेत्रको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा सदस्यहरूको हित प्रवर्द्धनमा नयाँ कार्यसमितिले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।































