जिल्ला प्रहरी कार्यालय बाँकेले क्यासिनोमा निगरानी बढाएको छ । क्यासिनोमा नेपालीहरु प्रवेश गराइने र जुवा खेलाइने गरेको आशंकमा प्रहरीले नेपालगन्जमा सञ्चालित क्यासिनोहरुमा निगरानी बढाएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राती दुई वटा क्यासिनो पुगेर प्रहरीले नेपाली, भएन नभएको एकिन गरेको हो । ‘अनुगमनका क्रममा नेपालीलाई जुवा खेलाइएको भेटिएन’, एक प्रहरी अधिकारीले भने, ‘नेपालीलाई क्यासिनो प्रवेश गरी जुवा खेल्न नपाउने भएकाले प्रहरीले त्यसखालको गतिविधि नहोस् भनेर निगरानी गरिरहेको छ ।’