सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आप्नो १८ औं बार्षिकोत्सव विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी नेपालगञ्जलगायत देशभरि मनाएको छ ।

बार्षिकोत्सवका नेपालगञ्जलगायत देशभरका विभिन्न शाखाले वित्तिय साक्षरता र्र्याली, रक्तदान खेलकुदलगायत कार्यक्रम गरिएको कलस्टर प्रमुख विनय गौतमले जानकारी दिनुभयो ।

कलस्टर प्रमुख गौतमका अनुसार, नेपालगञ्जमा कलस्टर कार्यालय अन्तर्गत विभिन्न ११ वटा शाखा रहेका छन् । ‘कलस्तर अन्तर्गत बाँकेको नेपालगञ्ज र कोहलपुरमा, बर्दियाको बढैयाताल, गुलरिया, सानोश्रीमा, दाङ्गको लमही, तुल्सीपुर, घोराही र बंगलामुखीमा, प्युठानको झिम्रुक र पूर्वी रुकुमको भुमेमा शाखा कार्यालयहरु रहेका छन्’—गौतमले बताउनुभयो ।

बार्षिकोत्सवका अवसरमा आज नेपालगञ्जको धम्बोझीस्थित बैंकको कार्यालयवाट वित्तिय साक्षरत र्र्याली निकालिएको थियो । उक्त र्र्याली नेपालगञ्ज बजारको परिक्रमा पछि बागेश्वरी मन्दिर परिसरमा पुगरेर सभामा परिणत भएको थियो ।

यस्तै बैंकले बाँके रेडक्रसको सहकार्यमा नेपालगञ्जस्थित बैंककै प्रांगणमा रक्तदान कार्यक्रम समेत गरेको छ । रक्तदानमा बैंकका कर्मचारीलगायत ५० बढीले एक÷एक पिन्ट रक्तदान गर्नुभएको बताइएको छ ।

कार्यक्रममा कलस्टर प्रमुख गौतमले सिटिजन्स बैंकलाई सफल बनाउन सहयोग गर्ने ग्राहक, शुभचिन्तकलगायत समाजका सबै तहतप्कामा महानुभावहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Exit mobile version