बालबालिकाका लागि ‘सिद्धार्थ किड्स रेस’नेपालगन्ज साइक्लिङ क्लब ले २०८२ फाल्गुन ७, ८ र ९ गते आयोजना हुने ‘नेपालगन्ज साइक्लिङ फेस्टिभल २०२६’ अन्तर्गत विभिन्न कार्यक्रम सार्वजनिक गर्दै तयारी पुरा भएको जनाएको छ । तयारीबारे जानकारी दिन मंगलवार गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक प्रदीप सापकोटाले भने, ‘फेष्टिबलको मुख्य आकर्षणका रूपमा ‘टुर डे ठाकुरद्वारा’को आठौँ संस्करण फागुन ८ र ९ गते सञ्चालन हुनेछ ।’त्यसको अघिल्लो दिन, भोलि विहीवार फागुन ७ मा बालबालिकाका लागि साइक्लिङ ‘किड्स रेस’ गरिंदैछ । त्यसका लागि टाइटल स्पोन्सरका रुपमा जोडिएको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीसँग सहकार्य गरिएको कार्यक्रम संयोजक सापकोटाले बताए ।फेस्टिभलअन्तर्गत फाल्गुन ७ गते बिहान सुर्खेत रोडस्थित प्रहरी तालिम केन्द्रदेखि भ्यु सिद्धार्थ होटलसम्म १० वर्षमुनिका बालबालिकाका लागि ‘किड्स साइक्लिङ रेस’ आयोजना गरिनेछ । विजेतालाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार स्वरूप आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।करिब नौ वर्षअघि स्थापना भई जिल्ला खेलकुद विकास समितिमा आबद्ध क्लबले साइक्लिङमार्फत स्वास्थ्य, खेलकुद, पर्यावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा योगदान दिँदै आएको जनाएको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार गर्दै क्षेत्रीय पर्यटनलाई पुनर्जीवित गर्ने उद्देश्यले कार्यक्रम निरन्तर आयोजना हुँदै आएको क्लबको दाबी छ ।आयोजकका अनुसार, यस वर्षको ‘टुर डे ठाकुरद्वारा’मा स्वदेश तथा विदेशबाट करिब २५५ जना साइक्लिस्ट सहभागी हुनेछन्, जसमा भारतबाट २० जना आउनेछन् । ‘सहभागीमध्ये २० जना महिला र २३५ जना पुरुष रहनेछन् भने अफिसियल, मिडिया र अतिथिसहित कुल करिब ३०० जनाको सहभागिता रहनेछ,’ कार्यक्रम संयोजक सापकाटाले भने ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, यस वर्षको ‘टुर डे ठाकुरद्वारा’ कार्यक्रम फागुन ८ गते बिहान ८ बजे वागेश्वरी मन्दिर परिसरबाट सुरु हुनेछ । पहिलो दिनको यात्रा त्रिभुवन चोक, बीपी चोक, सुर्खेत रोड, कम्दी, कोहलपुर, चप्परगौडी, खड्कवार हात्तीसार, बाँके निकुञ्जको सुत्तैया ताल हुँदै गाभर भ्याली होमस्टेसम्म पुगेर विश्राम हुनेछ । दोस्रो दिन च्यामा चोक, सम्झना चोक, मान खोला, ओम केदारेश्वर धाम, सतखलवा, बबई–भुरिगाउँ हुँदै ठाकुरबाबा मन्दिरसम्म करिब १३० किलोमिटर दूरी तय गरिनेछ । ‘यसवर्षदेखि यस वर्षको ‘टुर डे ठाकुरद्वारा’को रुट परिवर्तन गरिएको छ,’ सापकोटाले भने । क्लबका अनुसार, यस संस्करणको अनुमानित खर्च २३ लाख रुपैयाँ रहनेछ । सातौँ संस्करणमा कुल आम्दानी १९ लाख २५ हजार ५०० रुपैयाँ र खर्च १८ लाख ७८ हजार ६८१ रुपैयाँ भएको विवरण पनि सार्वजनिक गरिएको छ । पर्यटन र स्थानीय अर्थतन्त्रमा टेवा क्लबले साइक्लिङमार्फत बाँके र बर्दियाका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्य—जस्तै नरैनापुरको बावा बर्फानी, गोर्वद्धन धाम, सन्तानेश्वर मन्दिर, सतखलवा ताल, सुत्तैया ताल र कान्ति ताल—को प्रवद्र्धन गर्दै आएको उल्लेख गरेको छ । कार्यक्रमले लुम्बिनी प्रदेश सरकारले अघि सारेको ‘घुमौँ बर्दिया–ठाकुरद्वारा’ अभियानलाई समेत सघाउने विश्वास आयोजकको छ ।‘साइक्लिङ संस्कृति विस्तारसँगै नेपालगन्जलाई ‘साइक्लिङ सिटी’का रूपमा पहिचान दिलाउने, स्थानीय परिकार र बजार व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्य पनि राखिएको छ,’ आयोजक क्लब अध्यक्ष कविराम बुढाथोकीले भने । उनले साइक्लिङमार्फत संस्कृति, प्रकृति, स्वास्थ्य, पर्यटन र खेलकुदलाई जोड्दै क्षेत्रीय सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
‘नेपालगन्ज साइक्लिङ फेस्टिभल २०२६’, टुर डे ठाकुरद्वारा आठौँ संस्करण तयारी पुरा
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा
by
Dainik Nepalgunj
May 21, 2026
ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा
by
Dainik Nepalgunj
May 21, 2026
फरार कैदी नेपालगन्जबाट पक्राउ
by
Dainik Nepalgunj
May 21, 2026
सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ
by
Dainik Nepalgunj
May 21, 2026
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
by
Dainik Nepalgunj
May 21, 2026