h]ghL आन्दोलनका क्रममा नौबस्ता कारागारबाट फरार भएका एक कैदीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मिति २०८२ भदौ २४ गते नौबस्ता कारागारबाट फरार भएका कमल थापालाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई a’waf/ नेपालगन्ज उपमहानगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका थापाको चार वर्ष कैद सजाय तथा तीन लाख रुपैयाँ जरिवाना बाँकी रहेको छ । पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको afFs] k|x/L k|jQmf, प्रहरी निरीक्षक रमेश बिष्टले hfgsf/L lbPsf 5g\ .
