प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् ।सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाहका मतदाताले पूर्वाधार विकासलाई उम्मेदवारसँग आश्वासन होइन वाचा पूरा गर्नेलाई मात्र भोट दिने बताउन बताउन थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवाका कैलाश यादव भारतले सीमावर्ती क्षेत्रमा बाँधजस्तो सडक बनाएर नेपाली भू–भाग डुवानमा पर्ने गरेको हुँदा नेपाली भूमिमा पनि सडक निर्माण गर्नुपर्ने माग गर्नुहुन्छ । पिप्रहवाका सबैको यही माग भएका दोहो¥याउँदै उहाँ चोरी–डकैती हुन नदिन आफूहरूले सुदृढ सुरक्षा व्यवस्थाका निम्ति अनुरोध गर्दै आएको बताउनुभयो । बाँकेको तीनवटै निर्वाचन क्षेत्रको भूभाग भारतसँग जोडिएको छ । पैसट्ठी किलोमिटर क्षेत्र नेपाल–भारत सीमासँग जोडिएको छ। भारतको बहराईच जिल्लासँग जोडिएको यो क्षेत्रका बासिन्दाले अहिलेको चुनावमा घरदैलोमा आउने उम्मेदवारलाई सडक विकास, खानेपानी र डुबान समस्या समाधानको माग गरेका छन् । बाँके क्षेत्र नं २ मा नेकपा (एमाले)बाट इस्तियाक राई, नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिराज देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठ तथा नेपाली कम्युनिस्ट पार्टीबाट दीपेन्द्र विष्टसहित २० जना उम्मेदवारसँग मतदाताले पूर्वाधार विकास र सुरक्षालाई प्राथमिकताका साथ उठाएका छन् ।
पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य
by
Dainik Nepalgunj
May 19, 2026
‘लालिबजार’
by
Dainik Nepalgunj
May 19, 2026
नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ
by
Dainik Nepalgunj
May 19, 2026
एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा
by
Dainik Nepalgunj
May 19, 2026
रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम
by
Dainik Nepalgunj
May 19, 2026