प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो । जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो । खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासीले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार ‘जिपलाइन’ मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रालिले रु एक करोड लागतमा निर्माण गरेको अध्यक्ष इमानसिंह भारतीले जानकारी दिनुभयो । मल्लरानी गाउँपालिका–४ का धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा जिपलाइन निर्माण गरिएको छ । वनले पर्यापर्यटन विकास कार्यक्रम सञ्चालनको कार्ययोजनाअन्तर्गत जिपलाइन निर्माण गरेको छभने समन्वय प्रालिले गरेको नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका भारतीले बताउनुभयो । ‘जिपलाइन’को चलान विन्दुबाट अवतरण विन्दुसम्मको दूरी छ सय ५० मिटरको छ । भारतीले भन्नुभयो, “जिपलाइनको निर्माणले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धिको विश्वास छ ।” जिपलाइनमा दैनिक दुई सयजना बढीले खेल्न सकिनेछ । जिपलाइनको औपचारिक उद्घाटनको तयारी भइरहेको छ । पछिल्लो समय मल्लरानी पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तव्य हो । प्यूठानको सदरमुकाम खलङ्गाबाट दुई किमी नजिक रहेको मल्लरानीबाट धवलागिरि, माछापुच्छे«लगायतका थुप्रै हिमाल देख्न सकिन्छ । यहाँबाट बिजुलीकोटसँगै सदरमुकाम खलङ्गा, बाग्दुला, बिजुवार, जुम्री, माझकोट, खैरा, कसेरी, सानीलेख, मुनडाँडालगायत दर्जनौँ स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केही स्थानसमेत अवलोकन गर्न सकिन्छ । मल्लरानीमा गाउँपालिकाले चिल्डेन पार्क, वनभोजस्थल निर्माण थालेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मल्लरानीबाट यसअघि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । त्यसले भने निरन्तरता पाउन सकेन । नयाँ वर्ष, फागुपूर्णिमा, लालीगुराँस फुल्ने समय र बिदाका दिनमा आन्तरिक पर्यटक बढी घुम्न आउने गरेको स्थानीयवासी बताउँछन् ।
प्यूठानको मल्लरानीमा ‘जिपलाइन’
- Dainik Nepalgunj

- Categories: News
Related Content
लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा
by
Dainik Nepalgunj
May 21, 2026
ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा
by
Dainik Nepalgunj
May 21, 2026
फरार कैदी नेपालगन्जबाट पक्राउ
by
Dainik Nepalgunj
May 21, 2026
सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ
by
Dainik Nepalgunj
May 21, 2026
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
by
Dainik Nepalgunj
May 21, 2026