बकर इदमा सार्वजनिक विदा

इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन यही जेठ १४ गते परेको छ । सरकारले त्यस दिन सार्वजनिक बिदा दिने भएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक दिने व्यवस्था अनुरुप मुस्लिम आयोगबाट उक्त पर्व १४ गते बिहीबार परेको जानकारी आएको भन्दै गृह मन्त्रालयले त्यस दिन बिदा हुने जनाएको छ ।

त्यस्तै, भोलिपल्ट जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ । त्यसले गर्दा १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको छ ।

Exit mobile version