सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

लबार ’बडा मंगलवार’ को पावन अवसरमा स्थानीय टोलवासीहरूको सक्रिय सहयोगमा भव्य भण्डारा कार्यक्रम आयोजना भएको छ । वर्षौँदेखि निरन्तर रूपमा आयोजना गरिँदै आएको यस परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि स्थानीय बासिन्दा र भक्तजनहरूको उत्साहजनक सहभागितामा भण्डारा चलाइएको हो ।

कार्यक्रमका बारेमा जानकारी दिँदै स्थानीयवासी, कसौधन वैश्य समाज मूल समितिका अध्यक्ष सन्तोषकुमार वैश्यले टोलवासीको सामूहिक प्रयास र सहयोगका कारण कार्यक्रम भव्य रूपमा सफल भएको बताए ।

उक्त भण्डारामा सयौँको संख्यामा उपस्थित भक्तजन तथा सर्वसाधारणले प्रसाद ग्रहण गरेका थिए। हरेक वर्ष जेठ महिनाको विशेष मंगलवारका दिन आयोजना गरिने यस कार्यक्रमले धार्मिक आस्थाका साथै सामाजिक एकता र सद्भावलाई समेत बलियो बनाउँदै आएको आयोजकले जनाएका छन् ।

Exit mobile version