बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८०० रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले गत आर्थिक वर्षमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या घट्दै गएको जनाएको हो । स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले खोपको मात्रा पूरा नगर्ने बालबालिकामा सबैभन्दा बढी मुस्लिम समुदायका रहेका जानकारी दिनुभयो । उहाँका अनुसार सो समुदायका ३५४ जना बालबालिकाले खोपको मात्रा पूरा गरेका छैनन् । वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले १८९ मधेसी समुदायका, १२८ दलित समुदायका, ५७ जनजाति र बाँकी अन्य समुदायका रहेका जनाले खोपको मात्रा पूरा नगरेका जानकारी दिनुभयो । खोपको मात्रा पूरा नभएकाको सङख्या ठूलो भएकाले वैशाख महिनाभर खोजी गर्ने तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो । सोह्र महिनादेखि ५९ महिनासम्मका खोप पूरा नगरेका बालबालिकालाई लक्षित गरी खोजपड्ताल अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । “नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख महिनाभर खोजेर खोप लगाउने छौँ”, जनस्वास्थ्य अधिकृत गिरीले भन्नुभयो । सरकारले वैशाखलाई खोप महिनाका रूपमा मनाउने गर्दछ । वैशाखलाई सचेतना प्रवर्द्धन महिनाका रूपमा समेत मनाइन्छ । स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले वैशाखको दोस्रो सातालाई खोप सप्ताहका रूपमा मनाउने गरिएको बताउनुभयो । नियमित खोप लगाइँदा बालमृत्युदर घट्दो क्रममा रहेको जानकारी दिँदै उहाँले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप, गर्भवती महिलालाई खोप तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भइरसस (एभपिभी) खोप लगाइँदै आइएको बताउनुभयो ।
बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय
- Dainik Nepalgunj

- Categories: Blog
Related Content
धमाधम समातिंदै फरार
by
Dainik Nepalgunj
May 19, 2026
अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
by
Dainik Nepalgunj
May 18, 2026
ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
by
Dainik Nepalgunj
May 12, 2026
विप्रेषण लगानी मिलान कोष सञ्चालन गरिने
by
Dainik Nepalgunj
May 12, 2026
ऊर्जाका आयोजना अगाडि बढाउन शेयर लगानीको विकल्प
by
Dainik Nepalgunj
May 12, 2026