बाँकेमा गत बैशाख महिनामा मात्रै विभिन्न अपराधका २ सय ५ वटा मुद्दा दर्ता भएका छन् । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, प्रहरीमा दर्ता भएका २ सय ५ वटा मुद्दा मध्ये जघन्य तथा गम्भीर प्रकृतिका १० तथा ६१ वटा र सामान्य अपराध अन्तर्गतका १ सय ३४ वटा रहेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९ वटा घटनामा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी आर्थिक अपराधसम्बन्धी ३४ वटा घटना प्रहरीमा गत बैशाखमा दर्ता भएका छन् ।
चालु मुद्दाका प्रतिवादी पक्राउ अभियान अन्तर्गत बैशाख महिनामा १ सय ८७ जना पक्राउ परेका छन् । सार्वजनिक चासो रहेका १९ वटा पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान गरिएको पनि प्रहरी नायब उपरीक्षक पातलीले बताएका छन् । यस अवधिमा सम्पत्ति शुद्धीकरण सम्बन्धी १ वटा मुद्दा समेत दर्ता भएको जानकारी दिइएको छ ।
