बाँकेमा एक महिनामै १ सय २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार गत फागुन महिनाको प्रहरी गतिविधि सार्वजनिक गर्दै विभिन्न मुद्दामा १ सय २ जना पक्राउ गरेको बताएको हो । प्रहरीका अनुसार, फागुन महिनामा कुल १ सय ३१ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, प्रहरीले फागुन महिनामा पेन्डिङ्ग ६५ वटा मुद्दा फस्र्यौट गरेको बताएको छ । फागुनमा प्रहरीमा ठाडो उजुरी ४ सय १४ वटा प्राप्त भएको ३ सय ९६ फस्र्यौट भएको र १८ वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको छ ।
१५ बर्ष कैद असुली गर्न ६५ पक्राउ
बाँकेमा प्रहरीफरार अपराधी खोजी गरी पक्राउ गर्ने क्रम जारी राखेको छ । ‘अदालतबाट सजाय तोकिएका अपराधीहरू फरार रहँदा उनीहरूबाट थप अपराध हुने जोखिम रहने भएकाले फरार खोज्ने कार्यलाई प्राथमिकता राखेका छौं’, बाँकेका प्रहरी अधिकारी भन्छन् ।
फागुन महिनामा मात्रै प्रहरीले ६५ जना फरारलाई पक्राउ गर्न सहित नियन्त्रणमा लिएको तथ्यांक छ । माघ महिनामा ३४ जनालाई ५४ ग्राम ३ सय ३० ग्राम ब्राउनसुगर, १ सय ९० ट्याबलेट नाइट्रोजेपाम सहित नियन्त्रणमा लिएको हो ।