सडकमा राजावादी, प्रचण्डको पुत्ला दहन

नेपालगन्जको सडकमा उत्रिएर राजावादीहरूले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पुत्ला दहन गरेका छन् । प्रहरीको छिनाझप्टी बीच राप्रपा नेतृत्वमा उत्रिएका राजावादीहरूले त्रिभुवन चोकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

निकै उत्तेजित र आक्रोशित राजावादीहरूको प्रदर्शन रोक्न प्रहरीले गरेको प्रयास सफल हुन सकेन । त्यसबीच, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले गणतन्त्र विरुद्धको आन्दोलन बाँकेमा पनि उद्घोष भएको चेतावनी दिंदै भने, ‘गणतन्त्रले भ्रष्टाचार बढाएकाले त्यस विरुद्ध राजा ल्याउने आन्दोलन सुरु गरिएको हो ।’
अध्यक्ष पौडेलले विदेशीको इशारामा धर्म निरपेक्षता लादिएको आरोप लगाए ।

Exit mobile version