बिस सवारी दुर्घटना, ४ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गते बैशाख महिनामा जिल्लाभर २० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा २९ वटा सवारी साधन संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

सवारी दुर्घटनाको कारण विश्लेषण गर्दा अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएको देखिएको छ । तथ्यांक अनुसार १९ वटा दुर्घटना चालकको लापरवाही तथा १ वटा दुर्घटना मादक पदार्थ सेवन (मापसे) का कारण भएको प्रहरीले जनाएको छ ।

यसैबीच सवारी चेकजाँच अभियान अन्तर्गत बैशाख महिनामा २ हजार ७८ वटा सवारी साधनमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट रु. १८ लाख ६२ हजार राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Exit mobile version