भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान सहरमा आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् ।

तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले बताए । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले बताए। मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको पनि उल्लाहले बताए ।

भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

Exit mobile version