विद्यार्थी बीच कविता प्रतियोगिता

नेपालगन्ज उपमहानगरपालिका भित्रका माध्यमिक विद्यालय अध्ययरत विद्यार्थीहरू बीच शनिबार कविता प्रतियोगिताको आयोजना गरिएको छ ।

१९औं गणतन्त्र दिवसको अवसरमा भेरी साहित्य समाज केन्द्रीय समितिले उपमहानगरस्तरीय विद्यार्थीहरू बीच कविता प्रतियोगिता आयोजना गरेको हो ।

कविता लेखन स्थलमै दिइएको विषयवस्तुको आधारमा सहभागी प्रतिस्पर्धीहरू बीच छात्रा तर्फ दर्शना चन्द प्रथम भएकी छिन् भने रेश्मा बुढा द्वितीय र कल्पना कुमार विक तृतीय हुन सफल भइन् ।

दर्शना शान्ति विद्या निकेतनकी विद्यार्थी हुन् भने रेश्मा मंगल मावि र कल्पना महेन्द्र मावि अध्ययनरत छिन् ।

छात्र तर्फ वेष्टजोन माविका क्षितिज खड्का प्रथम भए । धम्बोझी माविका उपेन्द्र शाही र नेपालगन्ज मोडेलका आयुष ढकाल क्रमशः द्वितीय र तृतीय भए । समाजका वरिष्ठ उपाध्यक्ष इश्वरी प्रसाद रिजालको संयोजकत्वमा प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष इन्द्र बस्नेतले जानकारी दिए ।

नेपालगन्ज उपमहागनरपालिका वडा नं. १ सँगको आर्थिक साझेदारीमा आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्र तथा छात्रा दुवैलाई पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

Exit mobile version