काठमाडौँ, ९ फागुन : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ । नेपालले जितको लागि दिएको एक सय ६९ रनको मध्यम लक्ष्य नामिबियाले ४० ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नामिबियाको जितमा जेराल्ड एरास्मसले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ५७ बल खेल्दै आठ चौका र दुई छक्काको सहायताले सर्वाधिक ५२ रनको योगदान गरेका हुन । त्यसैगरी जेजे स्मिथले अविजित ३४ रन बनाउँदा माइकल भान लिंगेनले ३१ रन बनाए । त्यस्तै रुबेन ट्रम्पलम्यानले १६ रन बनाए भने बर्नार्ड स्कोलज र निको डाभिनले समान आठ आठ रन जोडे । बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी र कुशल मल्लले समान एक एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव १ ओभरमै सबै विकेट गुमाएर एक सय ६८ रनको योगफल बनाएको थियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतमा ५८ रनको योगदान दिएका हुन । त्यस्तै कुशल मल्ल ३८, भीम सार्की २६, कुशल भुर्तेल १८ तथा करण केसीले १२ रन बनाए । त्यस्तै नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल रनको खाता नै नखोली आउट भए । बलिङतर्फ नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले समान चार चार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एक÷एक विकेट लिए । नेपालको नामिबियासँगको यो दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको जित हात पारेको थियो । यस जितसँगै नामिबियाले चार अङ्क जोडेको छ भने नेपालको दुई अङ्क छ ।
विश्वकप क्रिकेट लिग दुई : नेपाल नामिबियासँग पराजित
- Dainik Nepalgunj

- Categories: Sports
Related Content
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं
by
Dainik Nepalgunj
May 21, 2026
क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान
by
Dainik Nepalgunj
May 18, 2026
नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
by
Dainik Nepalgunj
May 17, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
by
Dainik Nepalgunj
May 9, 2026
किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली
by
Dainik Nepalgunj
May 7, 2026