For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

byDainik Nepalgunj
May 18, 2026
in Health, News, मुख्य समाचार
0 0
0
विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा
Share on FacebookShare on Twitter

कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ ।

हालसम्म ८० भन्दा बढीको ज्यान लिइसकेको यो प्रकोप सीमापार फैलिन सक्ने जोखिम बढ्दै जाँदा विश्व स्वास्थ्य क्षेत्र पुनः उच्च सतर्कतामा पुगेको हो । अझ चिन्ताजनक पक्ष, फैलिएको ‘बुन्डिबुग्यो’ प्रकारको इबोलाविरुद्ध अहिलेसम्म कुनै प्रभावकारी खोप उपलब्ध छैन ।

रुवान्डा समर्थित एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको पूर्वी कङ्गोको प्रमुख सहर गोमामा सङ्क्रमण पुष्टि भएपछि अवस्था थप संवेदनशील बनेको छ । अत्यधिक जनघनत्व भएको गोमामा सङ्क्रमण देखिएसँगै यो प्रकोप कङ्गोभित्र सीमित नरही क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सङ्कटमा रूपान्तरण हुन सक्ने चेतावनी स्वास्थ्य निकायहरूले दिएका छन् ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ वटा शङ्कास्पद सङ्क्रमणका घटना दर्ता भएका छन् । सङ्क्रमणको वास्तविक दायरा अझै स्पष्ट नभएको भन्दै अधिकारीहरूले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान गरेका छन् ।

कङ्गोको राष्ट्रिय जैविक अनुसन्धान संस्थानका निर्देशक प्राध्यापक जीन–ज्याक मुयेम्बेले एएफपीसँग कुरा गर्दै गोमामा एउटा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित महिला बुनियामा इबोलाबाट मृत्यु भएका पुरुषकी पत्नी हुन् । पतिमा सङ्क्रमण पुष्टि भएपछि उनी गोमा पुगेकी थिइन्, जहाँ परीक्षणपछि उनमा पनि सङ्क्रमण पुष्टि भएको हो ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यो अवस्थालाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरिएको बताउनुभयो । यद्यपि उहाँले हालको अवस्थाले अझै पूर्ण ‘महामारी’ को स्तर भने नपुगेको स्पष्ट पार्नुभयो ।

जेनेभास्थित विश्व स्वास्थ्य सङ्गठनले अहिले आफ्नो दोस्रो उच्च सतर्कता लागू गरेको छ । सङ्गठनका अनुसार सङ्क्रमित व्यक्तिको वास्तविक सङ्ख्या र सङ्क्रमण फैलिएको भौगोलिक क्षेत्रबारे अझै ठूलो अनिश्चितता कायम छ ।

चिकित्सा सहायता संस्था ‘डाक्टर्स विदआउट बोर्डर्स’ अर्थात् एमएसएफले सङ्क्रमणको फैलावटलाई ‘अत्यन्त चिन्ताजनक’ भन्दै ठूलो स्तरको स्वास्थ्य प्रतिकार योजना अघि बढाइरहेको जनाएको छ ।

कङ्गोका स्वास्थ्यमन्त्री सामुएल–रोजर कम्बाका अनुसार यो प्रकोप निम्त्याउने बुन्डिबुग्यो प्रकारको इबोलामा मृत्युदर अत्यन्त उच्च छ, जुन ५० प्रतिशतसम्म पुग्न सक्छ । यो प्रकार पहिलो पटक सन् २००७ मा पहिचान गरिएको थियो ।

अधिकारीहरूका अनुसार यही सङ्क्रमणले छिमेकी युगान्डामा पनि एक कङ्गोली नागरिकको ज्यान लिइसकेको छ । सङ्क्रमण फैलिन सक्ने जोखिम बढेपछि युगान्डाले आइतबार वार्षिक शहीद दिवस तीर्थयात्रा स्थगित गर्ने घोषणा गरेको छ । उक्त धार्मिक कार्यक्रममा सामान्यतया पूर्वी कङ्गोबाट हजारौँ श्रद्धालु सहभागी हुने गर्दछन् ।

हाल उपलब्ध इबोला खोपहरू भने केवल ‘जाइर’ प्रकारको भाइरसविरुद्ध मात्र प्रभावकारी मानिन्छन् । सन् १९७६ मा पहिचान गरिएको उक्त प्रकारको इबोलामा मृत्युदर ६० देखि ९० प्रतिशतसम्म पुग्ने गरेको छ ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पछिल्लो सङ्क्रमण पहिलो पटक उत्तरपूर्वी कङ्गोको इटुरी प्रान्तमा पुष्टि भएको थियो । युगान्डा र दक्षिण सुडानको सीमासँग जोडिएको यो क्षेत्र अहिले सङ्क्रमणको मुख्य केन्द्र बनेको छ ।

स्वास्थ्यमन्त्री कम्बाका अनुसार पहिलो सङ्क्रमित एक नर्स थिइन्, जसले अप्रिल २४ मा इटुरी प्रान्तको राजधानी बुनियास्थित स्वास्थ्य केन्द्रमा ज्वरो, रक्तस्राव र बान्ताजस्ता लक्षणसहित उपचारका लागि सम्पर्क गरेकी थिइन् । पछि परीक्षण गर्दा उनमा इबोला सङ्क्रमण पुष्टि भएको थियो ।

इबोलाका मुख्य लक्षणमा उच्च ज्वरो, शरीरभित्र तथा बाहिरी रक्तस्राव, कमजोरी, वान्ता र अङ्ग विफलता समावेश छन् । सङ्क्रमित व्यक्ति लक्षण देखिएपछि मात्र अरूमा सङ्क्रमण फैलाउन सक्षम हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । भाइरस सङ्क्रमित व्यक्तिको रगत वा शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने गर्दछ । यसको इन्क्युबेसन अवधि २१ दिनसम्म हुन सक्छ ।

फ्रान्सभन्दा चार गुणा ठूलो भूभागमा फैलिएको कङ्गोमा कमजोर यातायात र सञ्चार पूर्वाधारका कारण स्वास्थ्य सामग्री तथा चिकित्सक परिचालन ठूलो चुनौती बनेको छ । दुर्गम क्षेत्रमा सङ्क्रमण केन्द्रित भएकाले धेरै नमूनाको परीक्षणसमेत हुन सकेको छैन ।

तर विश्व स्वास्थ्य सङ्गठनले प्रारम्भिक परीक्षणमा उच्च दरमा सङ्क्रमण पुष्टि भइरहेको, दुई देशमा सङ्क्रमण फैलिसकेको तथा शङ्कास्पद घटनाहरू निरन्तर बढिरहेकाले अहिले देखिएकोभन्दा धेरै ठूलो प्रकोप हुन सक्ने चेतावनी दिएको छ । सङ्गठनले यसबाट स्थानीय मात्र नभई, क्षेत्रीय र विश्वव्यापी जोखिम उत्पन्न हुन सक्ने जनाएको छ ।

कङ्गोमा यसअघि पनि इबोलाका धेरै प्रकोप देखिएका छन् । यो देशमा पुष्टि भएको यो १७औँ इबोला प्रकोप हो । गत वर्ष अगस्टमा देखिएको अर्को प्रकोप डिसेम्बरमा नियन्त्रणमा आएको घोषणा गरिए पनि त्यस क्रममा कम्तीमा ३४ जनाको मृत्यु भएको थियो ।

पछिल्ला ५० वर्षमा इबोलाले अफ्रिकामा करिब १५ हजार मानिसको ज्यान लिइसकेको छ । सन् २०१८ देखि २०२० सम्म कङ्गोमा फैलिएको सबैभन्दा घातक प्रकोपमा मात्रै झण्डै दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।

चमेरोबाट उत्पत्ति भएको विश्वास गरिने इबोलाले शरीरमा गम्भीर रक्तस्राव, अङ्ग विफलता तथा तीव्र शारीरिक क्षति पुर्‍याउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विभिन्न प्रकोपमा यसको मृत्युदर २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म पुगेको देखिएको छ ।
Previous Post

त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड

Next Post

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

Next Post
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहकारीबाट ठगिएकाहरु रकम र घरजग्गाको पर्खाइमा

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता

May 19, 2026
‘सनातन समाजमा छुवाछुत र सामाजिक विभेदको स्थान छैन’

‘सनातन समाजमा छुवाछुत र सामाजिक विभेदको स्थान छैन’

May 19, 2026
नाकाबन्दीले इरान थिचिँदै

इरानमा पक्राउ परेका झा थुनामा

May 19, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

घरेलु हिंसाका घटना बढी, हराएका २२ भेटिएनन्

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version