वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी

वैशाख महिनामा देशभरबाट एक हजार ५६ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ उपत्यकाबाट १७१, कोशीबाट २०६, मधेसबाट ७०, बागमतीबाट १५४, गण्डकीबाट ५६, लुम्बिनीबाट १६९, कर्णालीबाट २१ र सुदूरपश्चिम प्रदेशबाट १६७ जना तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना पक्राउ परेका छन् ।

सो अवधिमा अवैध लागुऔषध गाँजा एक हजार ८२०, चरेस १९ किलो, हेरोइन चार किलो, अफिम सात किलो, कोकिन ३३ ग्राम, पोलेन ११ किलो, नियन्त्रित लागुऔषध डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, ट्रामाडोल, नाइट्राभेट र स्पास्मो ठूलो परिमाणमा बरामद भएको प्रहरी समाचार कक्षले जनाएको छ ।

Exit mobile version