सन्तानको शव फेला : बाबु, आमा पक्राउ

एकसाता देखि बेपत्ता भएका भनिएका एक बालकको खाल्डोमा गाडेको अवस्थामा शव फेला परेका छ । बाँके बैजनाथ गाउँपालिका–४ नउलापुरमा करीब दश वर्षको बालकको शव फेला परेको हो ।

खेतमा गाडेको अवस्थामा बालक कुशल बुढाको शव फेला परेपछि कोहलपुरमा डेरा गरी बस्ने आमा यशोदा बुढा र उनका श्रीमान पक्राउ परेका छन् ।

कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल ८ गतेदेखि हराएको भन्दै आमा यशोधाले ९ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएकी थिइन् ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका लागि आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको बताएको छ । प्रहरीका अनुसार कुशलका बुबाको केही वर्ष पहिला नै मृत्यु भएको थियो । आमाले निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी थिइन् । कोहलपुरमा डेरा गरी सबै सँगै बस्थे ।

कुशलको शवलाई सानो खाल्डो खनेर गाडिएको थियो । बाख्रा चराउन गएका मान्छेले खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेको थियो । शव भन्दा केही पर परालले छोपेको अवस्था साइकल र कुशलको टिसर्ट गाडिएको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ ।

Exit mobile version