१० बर्ष कैद सजाय तोकिएका फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले १० बर्ष सजाय तोकिएका फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।

बाँके प्रहरीका अनुसार, जिल्ला अदालत बाँकेबाट २०८० पुस १७ गते जबर्जस्ती करणी मुद्दामा १० बर्ष कैद सजाय तोकिएका बैजनाथ गाउँपालिका वडा नं. ४ का वीर बहादुर वलीलाई पक्राउ गरिएको हो ।

अदालतको फैसला पछि फरार वलीलई पक्राउ पछि जिल्ला अदालत बाँकेमा कैद भुक्तानका लागि बुझाइएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन् ।

Exit mobile version