स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
- Dainik Nepalgunj

- Categories: News
Related Content
एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा
by
Dainik Nepalgunj
May 19, 2026
रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम
by
Dainik Nepalgunj
May 19, 2026
सुदूरपश्चिम र लुम्बिनीमा तापक्रम बढ्ने पूर्वानुमान
by
Dainik Nepalgunj
May 19, 2026
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता
by
Dainik Nepalgunj
May 19, 2026
‘सनातन समाजमा छुवाछुत र सामाजिक विभेदको स्थान छैन’
by
Dainik Nepalgunj
May 19, 2026