स्वास्थ्यका लागि आयोको ‘अफर’

वर्तमान युग विज्ञानको युग हो र विज्ञानले विकसित गरेको सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँ सहर र घर मात्र होइन, एक कोठामा सीमित गरिदिएको छ । अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरिदिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरू सहजै प्राप्त गरिरहेका छन् ।

विज्ञानको उपहारको रूपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घरमै बसेर सहजै पाउन सकिन्छ भन्ने उद्देश्यका साथ स्थापना गरिएको ‘हेल्थ याद आयो’ नामक नीजि क्षेत्रको नेपालकै अग्रणी स्वास्थ्य एग्रिगेटर प्लेटफर्म हेल्थ याद आयोले मंगलबार आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ ।

घरमै बसेर ल्याब टेष्ट गराउने सुविधा, औषधि डेलिभरी, डाक्टर परामर्श, अन्तर्राष्ट्रिय मेडिकल टुरिज्म र भर्चुअल स्वास्थ्य परामर्श जस्ता सेवाहरू उपलब्ध गराउँदै, हेल्थ याद आयोले स्वास्थ्य सेवा पहुँचमा क्रान्तिकारी परिवर्तन ल्याएको दाबी गर्छन् प्रवन्ध निर्देशक प्रज्वल चुके ।

‘६०० भन्दा बढी डाक्टरहरू, १०० भन्दा बढी ल्याब, क्लिनिक र फार्मेसीहरू जस्ता विशाल नेटवर्क सहित ज्थ्ब् ले छिटो र भरपर्दो स्वास्थ्य सेवा सुनिश्चित गर्दै आएको छ’, प्रवन्ध निर्देशक चुकेले भने, ‘हेल्थ याद आयोले भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, दक्षिण कोरिया र टर्की जस्ता ७ देशका अन्तर्राष्ट्रिय स्तरका ख्यातीप्राप्त चिकित्सकहरूसँग घरमै बसेर स्वास्थ्य परामर्शको सुविधा पनि प्रदान गर्छ ।’

एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा सुरु गरिएको “हेल्थ याद आयो”का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थएपका परिकल्पनाकार चुकेका अनुसार, मोबाइलएपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवालगायत नेपालको प्रमुख १० प्रमुख शहरहरूमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ ।

प्रवन्ध निर्देशक चुकेले दिएको जानकारी अनुसार, वार्षिकोत्सवको अवसरमा ज्थ्ब्ले विभिन्न अस्पताल, ल्याब, क्लिनिक, डाक्टर, एयरलाइन्स र डिजिटल वालेट पार्टनरहरूसँगको सहकार्यमा २४ डिसेम्बर २०२४ देखि ३१ जनवरी २०२५ सम्मका लागि विशेष छुटहरू दिने घोषणा गरेको छ । यस्तै हाइड्राफेसियल उपचारमा ६०%, हेल्थ प्याकेजहरूमा ५०% छुट दिने घोषणा गर्नुका साथै घरमै निःशुल्क रगतको नमूना संकलनको सुविधा, डाक्टरहरूसंग निःशुल्क परामर्श र निःशुल्क दुर्घटना मेडिकल बीमा सुविधा पनि उपलब्ध गराउने भनिएको छ भने निःशुल्क आँखा जाँच, ल्याब परीक्षणहरूमा ३०% सम्म छुट, चयन गरिएका टेलिमेडिसिन डाक्टर परामर्शमा ५०% सम्म छुट, ओपिडी डाक्टर र औषधिमा छुट, ई–सेवा केयर (दुर्घटना मेडिकल बीमा) किन्दा रु. ४० सम्म छुट र यति एयरलाइन्समा टिकट खरीद गर्दा रु. ५०० सम्म छुट दिने समेत घोषणा गरेको छ ।

Exit mobile version