होली : बाँकेमा एक हजार बढी प्रहरी खटिंदै

जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वलक्षित सुरक्षा योजना बनाएका छन् । बाँकेमा होलीलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि प्रहरीले सुरक्षा व्यवस्था मिलाएको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा भिडियो अपिल जारी गर्दै बाँके प्रहरी प्रमुख कार्कीले सद्भाव बिगार्नेलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिंदै सुरक्षाका लागि एक हजार बढी प्रहरी परिचालन गरिने जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वलाई लिएर विभिन्न अनुरोध समेत सार्वजनिक गरेको छ । ‘होली पर्व मनाउने बाहानामा कसैको ईच्छा बिपरित लोला हान्ने रङ दल्ने कार्य नगरौ, चार्ड पर्व मनाउने बाहानामा अत्याधिक मादक पदार्थको सेवन गरि अमर्यादित तथा उच्छृङ्गल कार्यहरू नगरौ’, जिल्ला प्रहरी कार्यालयले बाँकेले भनेको छ, ‘चार्ड पर्व मनाउँदा हो–हल्ला तथा चर्को आवाजमा साउण्ड सिष्टमको प्रयोग नगरौ ।’

प्रहरीले आत्मिय रूपमा नजिक भएका ब्यक्ति वा आफन्तहरू संग मात्र होली खेल्न र अपरिचित मानिसहरूको समुहमा होली नखेलौ, अशक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई कुनै पनि दुव्र्यवहार नगरौ भन्ने अपिल गरेको छ । ‘रेलिङ नभएको छत तथा बिच सडकमा होली नखेलौ, ट्राफिक नियमको पुर्ण रूपमा पालना गरौ सवारी दुर्घटनाबाट आफु पनि बचौ र अरूलाई पनि बचाऔ’, प्रहरीले भनेको छ, ‘मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, भिडभाड हुने स्थानमा पाकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरू बढि हुने सम्भावना हुने हुँदा सावधान रहौ ।’ महंगा गरगहना लगाई होली खेल्ने ठाउँमा नजान प्रहरीले अपिल गरेको छ ।

‘कसैको ईच्छा बिपरित रङ दलेमा, लोला प्रहार गरेमा वा होली पर्व मनाउने बाहानामा कोही कसै माथि दुव्र्यवहार गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने ब्यहोरा सबैमा सूचित गरिन्छ’, जिल्ला प्रहरी कार्यालय बाँकेले भनेको छ ।

Exit mobile version