“जीवन, मर्यादा, समानता र स्वतंत्रताको अधिकार ः दिगो शान्ति र स्मृद्धिको आधार” नाराका साथ मानव अधिकार आयोगले २४औँ वार्षिकोत्सव सम्पन्न गरेकोछ । उक्त कार्यक्रममा आयोगले यसको स्थापना मिति, स्थापना गरिनुपर्ने कारण, यसका उपलब्धि चुनौती आदि बारे जानकारी गराएको हो ।
राष्ट्रीय मानव अधिकार आयोग कार्यालयका प्रमुख द्वारिका अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख सूर्य बहादुर कार्की, जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र चौधरी, अधिकारकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधि बार एसोसिएशनका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय प्रमुख भोला महत, फातिमा फाउण्डेशन नेपालका अध्यक्ष मैमूना सिद्दीकी, दलित अधिकारकर्मी नेपाली, पुर्व रासस सदस्य नीरज गौतम,
वक्ताहरुले मानव अधिकार आयोगले गरेका काम, आन्तरिक तथा बाह्रय चुनौती, सफलता, नागरिक समाजप्रति जवाफदेहिता र अझ् प्रभावकारी रुपमा आफ्ना काम कर्तव्यलाई अगाडि बढाउने शुभकामना दिए । साथै अन्य सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज पत्रकार, प्रहरी प्रशासन सबैले आ आफ्नो जिम्मेवारी पुर्णरुपले निर्वाह गरी हातेमालो गर्दै अगाडि बढ्दा प्रभावकारी सफलता हासिल हुनेछ भन्दै आयोग कार्यालय प्रमुख द्वारिका अधिकारीले कार्यक्रमको समापन गरेकी हुन् ।































