For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

घरसगैँ भत्किएको मन !

byDainik Nepalgunj
May 27, 2024
in विचार
0 0
0
घरसगैँ भत्किएको मन !
Share on FacebookShare on Twitter

सुमिता मल्ल

 “दाई त्यहाँ जाउँ” हातको इसाराले जाजरकोटी नास्ता पसल देखाउँदै दाईलाई बोलाएँ।

“तातो तातो पकोडा”,  दाईले हात मसार्दै तेरसिनु भयो पसल तिर।

कुर्सिहरु बाहिरै छर्पस्ट थिए अनि चियाका कप पनि। न्यानो घामको लोभले हामी त्यहिँ कुर्सि तानेर बस्यौँ।

हस्याग फस्याग गर्दै बाहिर आएर कप उठाउँदै के लिनु हुन्छ भनि सोध्नु भयो पसले दिदिले

मैले चिया र पकोडा दिनुस ल दिदि भने। दिदि  भनिराख्दा अप्ठेरो महसुस भयो मलाई। यसो हेर्दा म भन्दा सानि देखिन्थी तर उनि पोते र सिन्दुरमा सजिसकेकि थिइन्। फेरि हिच्किचाउँदै सधैँ  झैँ चिया पकाउने रेसिपि सित्तैमा सुनाँए ति बहिनिलाई अनि त्यसरिनै बनाइदिनुस ल भने। उनि हुन्छ भन्दै पाक्दै गरेको पकोडा तार्न गइन्।

“कहिले काहिँ त उनिहरुले बनाको चिया खानुपर्छ के म्याम्। भोलि पर्सि फेरि आउँदा यहाँको स्वाद यस्तो छ भनेर भन्न पाईन्छ नि”, दाईले मेरो चियाको रेसिपि सुन्दा सुन्दा दिक्क भएरपनि होला मलाई यति लामो वाक्य सुनाई चुप लाग्नु भन्ने इसारा गर्नुभयो। एकछिन त दाईको कुरा सुनेर ठिकै लाग्यो फेरि सोचेँ चिया पिउँदा कति आनन्द महसुस हुन्छ मलाई, त्यो आनन्द आउने स्वाद पाउँला नपाउँला म कसरि रिक्स लिनु, यहाँ फेरि आउने होकि नाई कसलाई के थाहा। ‘हैन दाई चियामा त कम्प्रोमाइज गर्नु हुदैन’ भने मैले। दाईले केहि बोल्नु भएन हास्दै टाउको मात्र हल्लाउनु भयो।

“कस्तो मज्जाले तमाखु खानुभएको” भन्दै दाईले पछाडी तिर इसारा गर्नुभयो।

मैले पछाडी फर्केर हेरेँ ।

हामी जाजरकोट गएको पनि तिन दिन भइसकेको थियो। जाजरकोट मेरो लागि नयाँ ठाउँ भने होइन। तर भुकम्प पछि भने पहिलो पटक गएकि थिएँ। ट्रिपाल, टेन्ट, भत्किएका घर र कुनै भत्किएरपनि जमिनको माटोसगँ मिसिसकेका द्रिश्य अब मेरो लागि नयाँ थिएनन्।तर अहिलेको द्रश्यले मलाई अचम्मित बनायो। यो नास्ता पसलको पारि पट्टि अलि भित्र एउटा टेन्टमा हाम्रो नजर अड्कियो। एउटा टेन्ट नजिकै आगो बालेर केहि पकाउँदै थिइन् एक महिला।

दाईलाई त्यो तमाखुमा ध्यान थियो भने मलाई त्यहाँको द्रिश्यको मोह। एकअर्कालाई हेर्यौ र केहि नबोलि दुबैजना सोझियौँ त्यतै तिर।

बाटो क्रस गर्यौँ र त्यहि टेन्टमा पुग्यौँ हामी। “ओहो बुवा नमस्ते’’ भन्दै दाई भित्र छिर्नु भयो, म भने एकछिन उनिहरुलाई नियालि हेरेँ। टेन्ट नजिकैको अगिनामा तरकारि पकाउँदै थिइन् ति दिदि। कि बहिनि ? कि दिदि? फेरि के भन्ने भयो अनि बहिनि नै होला भन्ने सोचेँ।

आगोको नजिक तर टेन्ट भित्र पर्ने गरि बुडो बुवा खोक्दै तमाखु तान्दै थिए। अनि त्यहि महिलाको छोरो हुनुपर्छ उनि कापिमा केहि लेख्दै थिए। टेन्टको अगाडि दुई कलसमा पानी र सयपत्रि फुल राखिएको थियो। यो देख्दा कस्तो आन्नद लाग्यो। ती बहिनिले बस्नुन भनेर काठको मुडा तेरसाइन म तिर।

म टेन्ट बाहिरै बसे भने दाई त्यो बुडो बुवासगँ गफ गर्न थाल्नु भयो।

“के लेख्दै बाबुले?” मैले उनको कपि हेर्दे सोधेँ। उनी कापी च्यापेर आमा नजिक गएर टाँसिए।

लेख छिटो भन्दै आमाले फेरि यतै धकेलदिइन् उनलाई अनि आफु चाहिँ लसुन केलाउन लागिन्। कहिले म तिर कहिले आफ्नो आमा तिर हेर्दै कापीमा लेख्न थाले उनि।

“कति राम्रो टोपि बाबुको” मैले फेरि ति बाबुलाई भने। उनि मलाई पुरलुक्क हेरेर एकचोटि टोपि मिलाए आफ्नो।

“एकदमै मन पराउँछ यसले यो टोपि। जहिले लगाएर बस्ने हो कहिले छोडदैन। भुकम्प गएपछिपनि यहि टोपि खोजेर हैरान। धन्द भेटियो टोपि”, आमाले भनिन्।

“कति प्यारो लाग्नेरैछ बाबुलाई यो टोपि है” यति भनिराख्दा उनि म तिर फेरि पुर्लुक्क हेर्दै ‘बाबाले ल्यादिनुभएको हो’ भने। यति भन्दा उसको अनुहारमा मुस्कान थियो र म पनि ऊ सगैँ मुस्कुराएँ। मलाई ती बहिनिले कलसमा पानी र फुल राखेको देख्दा राम्रो लागेको कुरा बताएँ। “यहि कुरा हरु त बचेको छ हाम्रो। यसैले घरमा भएको आभास दिन्छ नत्र हेर्नु त उ त्यस्तो छ पहिलेको घरको अवस्था” भन्दै पल्लो पट्टि भत्केको घर देखाइन्। उनि एकपछि अर्कोकुरा सुनाउदै थिइन भने म सुनिमात्र। श्रिमानले ऋण लिएर विदेश गएका रहेछन्। बल्ल बल्ल त्यो ऋण तिरेर सकेको थियो, घर बनाउनै पर्ने भएर फेरि ऋण लिएर घर बनाए। तर घर बनाएको २ महिना मै यो भुकम्पले गर्दा घर भत्कियो।

“फेरि हाम्रो सासुपनि बित्नु भयो। आउनपनि पाएनन् उनि,एक्लै भएँ म”, लामो सुसकेरा हाल्दै पाकेको तरकारी भइमा राखिन्।

“तपाई कति साहासि हुनुहुदोँ रैछ है” भने मैले।

 उनले त्यो धुवाँमा छेलिदै “धुवाँ भयो है” भन्दै मुस्कुराउँदै सर्लक्क आसुँ पुछिन्।

मैले बारम्बार टेन्ट भनिराख्दा उनिले त्यसलाई उनको घरभन्दै थिइन्। त्यो त टेन्टको अगाडि राखिएको दुई कलस र फुलबाटपनि प्रष्ट देखिन्थ्यो उनिहरुकोलागि त्यहिनै प्यारो घर बनिसकेको थियो।

“ए तपाईहरु के काममा आउनुभाथ्यो होला सोध्नै बिर्सेछु। आफ्नै मात्र व्यथा सुनाईराखेँ,संस्थाबाट हो तपाईहरु? भत्किएको घर देखाउनु पर्ने हो तपाईलाई ? कि राहत बाडन आउनु भएको?” आगो फुक्दै-खोक्दै एकैपल्टमा उनले सोधिन्।

“हैन! हामी त भत्केको घर हेर्न हैन मन सोध्न आएको”, मैले मुस्कुराउँदै भने।

उनिपनि मुस्कुराउँदै “मैले त तपाईसगँ के के बोले खै”भनिन्

मेरा हातहरु त खाली थिए तर उसको मुस्कान देख्दा त्यतिबेला उनलाई चाहिएको भावनात्मक राहत दिन सकेजस्तो महसुस भयो मलाई।

आधि घन्टा भइसक्यो पसले बहिनि रिसाइन् होला भन्नुभयो दाईले। अघि नसोधि पसेको टेन्टमा आधा घन्टा बस्दा मैले मान्छे जहाँ बस्यो त्यहिँ घर हुने रहेछ भन्ने थाहा पाएँ। हामी त्यो घरबाट बिदाइ लिएर पसल तिर लाग्यौँ। अघि बसेको ठाउँमा त अरुनै बसिरहेका थिए। आगो अगाडि बसेर तात्ति सकेकापनि थियौँ त्यसैले हामी भित्रनै गयौँ।

“बहिनी चिया पाक्यो?”मैले हिच्किचाउँदै सोधेँ

हामी नआउने जस्तो लागेर अरुलाई दिनु भएछ त्यो चिया त्यसैले अब उनले सधैँ जसो बनाउने चिया पिउनु पर्यो। चिया मेरो रेसिपि अनुसार त थिएन तर अत्ति मिठो थियो। दाईले चिया पिउँदै मुस्कान सहित मतिर हेर्दैहुनुन्थ्यो भने चियाको चुस्किमा डुब्दै म साचिँनै कहिले काहि अरुको भरोसा गर्दापनि राम्रै हुने रहेछ भन्दै सोचिरहेँ।

चिया सकिसकेपछि लाग्यौँ हामी अर्को मनको कथा सुन्न अनि आफ्नै कथा लेख्न।

Previous Post

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु तीन अर्ब

Next Post

पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य

Next Post
पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य

पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
५८ सामुदायिक कुकुरको बन्ध्याकरण शिविर

५८ सामुदायिक कुकुरको बन्ध्याकरण शिविर

May 16, 2026
स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

May 16, 2026
आयोग खारेजीले बढायो अन्योल

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व सङ्कलन

May 16, 2026
सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

May 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version