कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए । खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । “पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो”, उहाँले भन्नुभयो–“बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।” पुलको दाँहिने तर्फको जाली लत्रिएको थियो । खट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए ।
कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार
- Dainik Nepalgunj

- Categories: News
Related Content
द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेमा नयाँ नेतृत्व
by
Dainik Nepalgunj
March 18, 2026
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
by
Dainik Nepalgunj
March 18, 2026
प्रधान न्यायाधीश राउतसँग बाँकेका कानुन व्यवसायीको छलफल
by
Dainik Nepalgunj
March 18, 2026
सुनचाँदीकोे मूल्य घट्यो
by
Dainik Nepalgunj
March 18, 2026
भ्रष्टाचारका उजुरी बढ्दो फस्र्यौट
by
Dainik Nepalgunj
March 18, 2026