द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बिन्दा कुमारी खरेल पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
मंगलबारदेखि औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको निवर्तमा अध्यक्ष एकमाया बिकले जानकारी दिइन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा विजया लक्ष्मी रोकाय, सचिवमा पार्वती पाण्डे, सहसचिवमा मायादेवी मगर र कोषाध्यक्षमा मनसरा सुनार चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा जयादेवी आचार्य, तारा कुमारी खत्री रोकाय, किरण कुमारी वैश्य, धनमाया बुढामगर, रमा गहतराज विश्वकर्मा र राधा डांगी चयन भएका छन् ।
