बर्दिया, मधुवन नगरपालिका–५ रातामाटेस्थित एक विद्यालयका शिक्षक यामप्रसाद शर्मा माथि आफ्नै विद्यार्थीमाथि यौन दुराचारको प्रयास गरेको गम्भीर आरोप लागेको छ ।
पीडित बालिकाका अनुसार, स्वास्थ्य समस्या भएपछि घर पु¥याएर फर्कने क्रममा शिक्षकले मोटरसाइकल रोकेर जबरजस्ती गर्न खोजेका थिए । बालिका कुनै रूपमा उम्किएर होस्टेल फर्कन सफल भएकी थिइन् ।
घटनापछि पीडित पक्षले इलाका प्रहरी कार्यालय ढोढरीमा जाहेरी दिएका छन् । प्रहरीका अनुसार, घटनाको प्रकृति करणी प्रयासतर्फ संकेत गर्छ ।
विद्यालयले शिक्षकलाई आन्तरिक रूपमा हटाउने निर्णय गरे पनि पक्राउका लागि प्रहरी पुग्दा उनी फरार भइसकेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाले बाल यौन दुराचार मुद्दा दर्ता गरी उनको खोजी जारी राखेको जनाएको छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसारयस्तो कसुरमा दोषी ठहरिए ३ देखि ४ वर्ष कैद र ८० हजार रुपियासम्म जरिवानाको व्यवस्था रहेको कानुन व्यवसायी बताउँछन् ।
