For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

जातिय राजनीति बलियो हुँदैछ भारतमा

byDainik Nepalgunj
June 14, 2024
in विचार
0 0
0
जातिय राजनीति बलियो हुँदैछ भारतमा
Share on FacebookShare on Twitter

भारतमा अठारौं लोकसभाको निर्वाचन सकिएको छ । यस निर्वाचनबाट त्यहाँ दश बर्षपछि फेरि त्रिशंकु संसदको निर्माण भएको छ । त्यस संसदमा सबैभन्दा ठूलो दल नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी बनेको छ । जसले त्यहाँ रहेको ५४३ सदस्यीय संसदमा २४० सीट प्राप्त गरेको छ । त्यसपछिको ठूलो इण्डियन नेशनल काँग्रेस ९९ सीट सहित दोश्रो दल बनेको छ । तेश्रो दलको हैसियतमा ३७ सीट ल्याएर अखिलेश यादवको समाजवादी पार्टी रहेको छ । यी दोश्रो तेश्रो दल नरेन्द्र मोदीको सरकारका सहयात्री बनेका छैनन् । काँग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे बााहेक अन्य कुनै पनि विपक्षी दलका नेताहरु मोदीको शपथग्रहण कार्यक्रममा समेत गएनन् । मोदीलाई १६ सीट ल्याएको चन्द्रबाबु नायडूको टिडीपी र १४ सीट ल्याएको नितिश कुमारको पार्टी जेडीयूको मुख्य साथ रहेको छ । त्यहाँको संसदमा बहुमतका लागि चाहिने २७२ सीट भन्दा ३२ सीट पछि परेको भारतीय जनता पार्टीले यी दुई सहयोगी दलको २८ सीट, शिवसेनाका ७ सीट, लोकजनशक्ति पार्टीका ५ सीट सहित निर्वाचनमा रहेको एनडीए गठबन्धन भित्रका सहयोगी दलहरुको सबै सीट मिलाएर २९३ सीटको सुविधाजनक बहुमतमा नरेन्द्र मोदी नेतृत्वमा सरकार निर्माण भएको छ ।

नरेन्द्र मोदीको तेश्रो कार्यकालको शपथ र यो मन्त्रीमण्डल बन्नुपूर्व मोदीलाई बिभिन्न उपमा दिएर भारतीय मिडिया र विश्लेषकहरुले अर्काको बैसाखीमा बन्ने सरकारका प्रमुख निकै कमजोर हुने र उनका मुख्य सहयात्री दलका मुखियाहरु चन्द्रबाबु र नितिशको बेलाबेलामा गठबन्धन परिवर्तन गरिरहने चरित्रका कारण मोदी निरिह हुने बताइएको थियो । तर मन्त्रीमण्डलको घोषणा, कार्यभार वितरण र तत्कालै भएको पहिलो निर्णयले नरेन्द्र मोदी गठबन्धन दलको मिडियामा बताइएको जस्तो दवाव र बार्गेनिङमा खासै नपर्ने संकेत देखिइसकेको छ ।

सन् १९८० मा गठन भएको भारतीय जनता पार्टी सन् १९८९ मा पहिलो पटक बिपी सिँह सरकारलाई सर्मथन गरेर सत्ताधारी पार्टी बनेको थियो । तर त्यस यता सन् १९९६ मा अटल बिहारी बाजपेयले १३ दिनको सरकार चलाएका थिए भने सन् १९९८ मा १३ महिना सरकार चलाएका थिए । सन् १९९९ देखि सन् २००४ सम्म पाँचबर्ष भाजपाले अटल बिहारी बाजपेयीको नेतृत्वमा गठबन्धन सरकार चलाएको थियो । त्यस बेला पनि टीडिपी भाजपाको गठबन्धनको मुख्य सहयात्री थियो ।

सन् २००४ मा भएको निर्वाचनमा काँग्रेसले १४५ सीट जितेर ठूलो दल बन्दै गठबन्धन सरकार चलायो भने सन् २००९ मा भएको निर्वाचनमा काँग्रेसले २१८ सीट जितेर पुनः सरकारको नेतृत्व गरेको थियो । त्यसयता भने गठबन्धनभित्र मौलाएको चरम भ्रष्टाचार, देशको बढ्दै गएको वित्तिय घाटा, महङ्गाई, पछिल्लो दुई दशकमा बनेको भारतको आर्थिक दुरावस्था, परिवारवादको एकाधिकार, देशभित्र मौलाउँदै गएको गैर राष्ट्रवादी चरित्र, जातिय, अल्पसंख्यक र गैरसनातनलाई धर्मनिरपेक्षताको प्रयाय बनाउँदै गएको काँग्रेस चरित्रका कारण सन् २०१४ मा भएको निर्वाचनमा नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले २८२ सीट एक्लै र एनडीए गठबन्धनले ३३६ सीट जितेको थियो । त्यो सन् १९८४ पछि कुनै दलको स्पष्ट बहुमत थियो । २०१९ मा भएको निर्वाचनमा भाजपाले ३०३ र त्यसको गठबन्धनले ३५३ सीट जितेर बहुमतको सरकार चलाएको थियो ।

यसरी भाजपाको शक्ति बढ्दै जानुमा उसले लिएको राष्ट्रिय नीतिमा आएको क्रान्ति नै थियो भन्ने एकथरी बिश्लेषण रहेको छ भने अर्काथरीले भाजपाको धार्मिक धु्रविकरणका कारण बहुसंख्यक हिन्दु रहेको भारतमा भाजपा शक्तिशाली भएको हो भन्ने रहेको छ । तर यी दुइवटै विश्लेषणहरु पूर्ण भने छैनन् ।

नरेन्द्र मोदी पछिल्लो एक दशकमा भारतको अन्तराष्ट्रिय छवि बनाउने भाजपाको निविकल्प नेताको रुपमा उदाएका थिए । भारतको आन्तरिक विकासमा ल्याएका सटिक योजनाहरु, पाकिस्तानसँगको कडा दुश्मनी, भारतीय अर्थतन्त्रमा उत्पादन र प्रत्यक्ष विदेशी लगानीमा भएको बृद्धि, भारतको अन्तराष्ट्रिय मञ्चमा दरबिलो अडानले एकातिर भारतको सकारात्मक छवि बनेको थियो । यो कतै न कतै भारत विरोधी शक्तिहरुलाई मन परेको थिएन । देशभित्र विपक्षले गरेको सीएएको गलत ब्याख्या, एनआरसी, यूसीसी जस्ता नागरिक र गैर नागरिक छुट्याउने कानून र सबै धर्मका नागरिकलाई एकै कानूनभित्र ल्याउने मोदी योजनाका कारण अल्पसंख्यक मुस्लिम समुदायलाई थिचोमिचो गर्न लागेको भन्ने विपक्ष दलको प्रचारबाजीले भारतमा मोदीको मार्ग असहज बन्दै गयो ।

बिभिन्न सर्वेहरुमा भारतको प्रधाानमन्त्रीको रुपमा मोदीको विकल्पमा अर्को दरबिलो कुनै विपक्षी उम्मेदवार नै आउन सकेको थिएन । यसले मोदी कतै न कतै म नै राष्ट्र हूँ भन्ने भ्रममा पुगेका थिए । उनले एक्लै ३७० सीट र गठबन्धनको ४०० सीटको एजेण्डा बनाएर यसपटकको निर्वाचनमा गए । ओबिसी समुदायको प्रतिनिधीको रुपमा आफुलाई उभ्याएर भारतका करोडौं अन्य पछि परेको जातीको मसिहा बन्ने प्रयास गरे । उता सन् २०११ मा काँग्रेस सरकारले मुस्लिमहरुलाई अति पछि परेको जातिमा अनुसुचित गरेर आरक्षण सहभागी बनाएपछि जात परम्परा रहेको हिन्दु समाजमा त्यो आरक्षण खारेज गर्न पर्छ भन्ने माग थियो । यो कुरालाई बुझेका मोदीले चुनावी भाषणमा नै धर्मको आधारमा आरक्षण अन्त्य गर्ने घोषणा त गरे तर ओबिसी, दलित, आदीबासी समुदायले यसको सहि अर्थ बुझ्नु अगावै विपक्षीले उनीहरुको आरक्षण पनि मोदीले अन्त्य गरिदिनेछन् भन्ने प्रचार देशैभरि गर्दै हिँडे । राहुल गाद्यी त संविधान नै बोकेर चुनावी सभाहरुमा गए ।

बिहारमा गठबन्धनमा रहेका नितिश कुमारले एनडीए गठबन्धन छोडेर लालू परिवारको पार्टीसँग गठबन्धन गरेपछि आरजेडीको एजेण्डा अनुसार नै बिहारमा जातिय जनगणना गराएका थिए । यस्तो जनगणना देशैभरि गराउनुपर्छ भन्ने मुद्दा काँग्रेस, समाजवादीहरुले समेत उठाइसकेका थिए । मोदी यसको बिरोधमा थिए । यसलाई पनि भारतका उत्तर भारतका राज्यहरुमा मुख्य मुद्दा बनाइयो ।

पश्चिम बंगालमा बंगलादेशी मुस्लिमहरुको बाक्लो उपस्थिति रहेको छ । कुनै समय भारतीय संसदमा बंगलादेशी घुषपैठिहरुका कारण आफ्नो राज्यमा डेमोग्राफी परिवर्तन भयो र देशको संशाधनमा देशबासीले अधिकार नपाउने भए भनेर संसदमा कागज फाल्ने ममता बनर्जीका अहिले तिनै घुषपैठीहरु र ३० प्रतिशतमा रहेका मुस्लिमहरु उनका निर्णायक मतदाता बनेका छन् । यहाँ भाजपाका लागि एनआरसी, सीएए, यूसीसी जस्ता मुद्दाले पछि पार्यो भने ममताले यसको बिरोध गरेका कारण फाइदा भयो ।

भनिन्छ दिल्लीको सत्ताको बाटो लखनउ भएर जान्छ । त्यो कुरा यो चुनावमा पनि देखियो । उत्तर प्रदेशमा भाजपा कमजोर बन्न जाँदा दिल्लीको सत्ताका लागि भाजपाको बहुमत पुगेन । यसको कारण उत्तर प्रदेशमा चलेको जातिय समिकरण समाजवादी काँग्रेसको सोसल इञ्जिनियरिङको तालमेल । भाजपाको एकातिर ४०० सय पारको नारामा कार्याकर्ताहरुको चासो कम । आन्तरिक राजनीतिमा आरएसएसको संयोजन बिनाको मोदीको अंहकारपूर्ण यात्राले संघ परिवारले मोदीलाई आन्तरिक घात गरिरहेको थियो । कतै न कतै दुई तिहाइको मोदीको चाहना र भारतीय संविधानमा संशोधनको कुरामा आरएसएस सहमत थिएन । मोदीको योगीलाई भाजपाको उत्तराधिकारीको रुपमा लैजाने संकेतले संघ र मोदी बीच दुरी बढिरहेको थियो । योगी संघका उत्पादन होइनन् । संघले आफ्नो राजनीतिक विभागमा अर्को परिवारको सदस्य स्थापित हुन दिन चाहँदैन । यसैले उत्तर प्रदेशमा संघबाट मोदी योगीलाई अन्तरघात भयो भन्ने कुरा यत्रो काम गरेका, राममन्दिर नै स्थापना गरेका, काशी वनारसको कायापलट गरेका मोदी आयोध्या र यस आसपासका पाँचवटा निर्वाचन क्षेत्रमा हारे भने वनारसमा गत भन्दा झण्डै ३ लाख भोट कम पाएर जम्मा १ लाख ५२ हजार भोटले मात्रै जिते । यो मोदीको एकल निर्णयमा लगाम लगाउने संघको योजना थियो भन्ने प्रष्ट आधार हो ।

भारतको राजनीति यसपटकको चुनावबाट धर्मबाट जातिय राजनीतितिर सिफ्ट भएको छ । अहिले दिल्लीमा जातिय राजनीतिका समाजवादी खेलाडी बिहारीबाबुहरु मोदी सरकारका कतै कतै निर्णायक अवस्थामा छन् । अझ भन्नुपर्दा एकातिर एलजेपी र जेडीयू दुबै पार्टीको जोड्दा हुने १७ सीट उता मुस्लिम आरक्षणको सर्मथन गर्ने तेलगु देशमका चन्द्रबाबु नायडू वर्तमान सरकारका निर्णायश शक्ति बनिदिँदा भारतको राजनीति जातिय र फेरि अल्पसंख्यक तुष्टिकरणतिर जाने प्रष्ट देखिएको छ । अहिले जातिय तुष्टिकरणको राजनीति गर्नेहरु भारतमा शक्तिशाली बनेर उदाएका छन् । शुरुदेखि नै मुस्लिम तुष्टिकरण गर्ने गरेको काँग्रेस, यसैका लागि मरिमेट्ने ममता र तेजस्बी, अखिलेश यादवहरु शक्तिशाली बनेर आएकोले अबको भारतीय राजनीति बहुसंख्यकको हितभन्दा टाढा गएको छ भन्न सकिन्छ । त्यहाँको राजनीति अब विकास भन्दा जातिय मुद्दालाई केन्द्रिकृत गर्नतिर जानेछ ।

यो बर्षको अन्तमा हुने तीन राज्यको चुनाव, त्यसपछि २०२५ मा हुने चुनाव र २०२७ मा हुने उत्तर प्रदेशको चुनावसम्मा भारतीय राजनीतिमा बहुसंख्यकको धर्म गौण र अल्पसंख्यकको धर्म र जातको कुरा प्रमुख हुनेछ । नियमित जनगणना नगरेको भारतले अब गर्ने जनगणनामा जातिय जनगणना गराउने पर्ने दबाब सत्ता गठबन्धन भित्रैबाट पनि आउने सम्भावना छ । विकासको राजनीति गरेर भारतलाई तेश्रो ठूलो अर्थतन्त्र बनाउने मोदीवाणी या त विस्तारै मौनतातिर जानेछ या धर्मबाट जातितिर सिफ्ट हुनेछ । वर्तमान मोदी मन्त्रीमण्डलको आकार प्रकार हेर्दा अब मोदी पनि जातिय राजनीतिक समीकरण भन्दा बाहिर जान सक्ने छैनन् जाँदैनन् भन्ने संकेत देखिन्छ । बिशेष गरेर जातिय राजनीति गर्ने समाजवादीहरुको सहकार्यले मोदी स्वयंम भाजपालाई पनि आफ्नो हैसियत बचाइ राख्न जातिय राजनीतिमा दाउ खेल्न पर्ने देखिन्छ । सन् २०२५ सम्ममा भारतमा ल्याउन खोजेको संघको विचारले पूर्णता पाउनमा ब्रेक लागेको मात्रै छैन यसको फेस सेभिङ गर्ने बाटो पनि अब अप्ठ्यारोमा परेको छ ।

भारतमा जातिय समिकरणतिर सिफ्ट भएको राजनीतिले नेपालमा पनि प्रभाव पार्नेछ । जातिय राजनीति गर्ने समाजवादीका नाइके प्रचण्ड यसपटक मोदीको शपथग्रहणमा गए । बिहारी शैलीको राजनीतिका नेपाली पात्र प्रचण्ड अन्य भ्रमणमा भन्दा खुशी देखिनुले पनि उनलाई नेपालमा पारिबाट नेपालतिर हुने धर्म राजनीतिको दबाव कम हुने महसुस गरेका हुनसक्छन् । नेपालमा पनि बहुसंख्यक हितलाई त्याज्य गरिएको छ । यसलाई भारतको यसपटकको राजनीतिक समिकरण र सत्ता समिकरणले थप बल पुगेको छ । समाजवादीहरुको चरित्र र नियत जहाँका भएपनि उस्तै उस्तै हुने गर्छ । नेपालका समाजवादीहरुलाई भारतको यो चुनावले दिएको सन्देशले नेपालमा खेल्न थप सहज बनाइदिएको छ । समाजवादीहरुको बाहुल्यता रहेको नेपालमा फेरि एकपटक जातिय र अल्पसंख्यक धार्मिक तुष्टिकरणको राजनीतिको बाटो बलियो हुँदै गएको छ ।

Previous Post

पवन जायसवाललाई शतक रक्तदाता सम्मान

Next Post

पूर्वपश्चिम राजमार्गको बाँके खण्ड अवरुद्ध

Next Post
पूर्वपश्चिम राजमार्गको बाँके खण्ड अवरुद्ध

पूर्वपश्चिम राजमार्गको बाँके खण्ड अवरुद्ध

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version