For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

कोही किन नक्कली पत्रकार बन्छ ?

byDainik Nepalgunj
June 23, 2024
in विचार
0 0
0
कोही किन नक्कली पत्रकार बन्छ ?
Share on FacebookShare on Twitter

रोमन म्यागसेसेद्धारा सम्मानित पत्रकार रविश कुमारले दुई वर्षअघि हिमाल मिडिया मेला काठमाडौंमा बोल्दै व्यंग्य गरेका थिए, यो बहुत सजिलो पेशा हो । तरकारी नबेचेरै तरकारीवाला बन्न सक्नुहुन्न । तर तपाई सूचना नदिएरै पत्रकार बन्न सक्नुहुन्छ ।

प्राविधिक रुपले मात्रै हेर्ने हो भने सूचना खोज्ने र संकलन गर्ने, सूचनालाई तथ्यको तराजुमा तौलने, तथ्यले पुष्टि भएका सूचनालाई संश्लेषण गर्ने र तयार भएको सूचनालाई पुर्याउनुपर्ने मान्छेहरुसम्म पुर्याईदिने मान्छे पत्रकार हो । सिके लालका विचारमा यो परिभाषाले तोकेको भूमिका महाभारतकालीन हो । जसरी सन्जयले युद्धको सूचना र वर्णन राजालाई सुनाउँथे त्यतिमै सीमित भूमिका हो यो । लाल भन्छन्, मिडियाको भूमिका अहिलेपनि त्यही छ जे आजभन्दा हजारौँ वर्षअगाडि थियो । र त्यो भूमिका हो सत्तालाई सकेसम्म सत्यतथ्य सूचना उपलब्ध गराएर यथास्थितिको पृष्ठपोषण गर्नु । (मिडिया अध्ययन, २०६८) पत्रकारिताको वर्तमान समयमा भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मन्थन भएको छ, हुँदै छ, हुँदै जाला ।

यस लेखमा पत्रकारिताको प्राविधिक र महाभारतकालीन कर्म पनि नगर्ने तर पत्रकार नै भइरहन मान्छे किन चाहन्छ ? भन्ने विषयमा एक पत्रकारिताको विद्यार्थीले देखेभोगेको कुराको टिपोट मात्रै गर्न खोजिएको हो । यो लेख बाँके जिल्लाका सन्दर्भमा मात्रै सीमित छ । अन्यत्र मेल खान गएमा संयोग मात्रै हुनेछ । यो टिपोट गर्नुको उदेश्य जो पत्रकारिता नगरेर पत्रकार हुँ भनिरहेका छन्, उनीहरु पत्रकार होइनन्, उनीहरुले गरेको कुकर्मलाई आधार बनाएर पत्रकारितालाई नै हेर्ने दृष्टिकोण खराब नबनाऔँ है भन्ने आग्रह गर्न खोजिएको हो । किनभने रविश कुमारले भनेजस्तै यहाँ पत्रकारिता नै नगर्नेहरुले पत्रकारकै नाममा अपराधकर्म गरिरहेका छन् । त्यसबाट बदनाम छ, पत्रकारिता पेशा । पंक्तिकारले करिब एक दशकअघि पत्रकारितामा अभ्यास गर्न थालेयता नै यस्ता मान्छेहरु देखेको, भेटघाट र कुराकानी भएका प्रायः मान्छेहरुबाट उनीहरुबारे सुन्न थालेको थियो । त्यो क्रम अहिले घनिभुत भएको छ । अहिले मानिसहरुसँगको प्रायः भेटमा पत्रकार हुँ भनेर परिचय दिएपछि तिनै छद्मरुपीहरुको चर्चा सुन्नुपरेको छ । पंक्तिकार तिनिहरु पत्रकार होइनन् होला भन्छ । चर्चा गर्नेहरु, होइन हौ, पत्रकार नै हुन् भन्छन् । मुखले बोलेर सम्झाउँदा सम्झाउन नसकेपछि लेखेरै भन्छु भन्ठानेको हो ।

यो लेख तयार गर्दासम्म बाँके जिल्लामा मात्रै करिब दुई सय ७ जना पत्रकार रहेका पत्रकार महासंघ बताउँछ । अझ राजनीतिक आस्थावान संगठनहरुसँग आफ्नै सूची छ पत्रकारहरुको । कुनै संगठनको सदस्य हुँदैमा उ पत्रकार हुन सक्दैन । कसैले स्वघोषणा गर्दा पनि उ पत्रकार भइहाल्छ भन्ने हुँदैन । कुरो उही, तपाईं तरकारी नबेचिकन तरकारीवाला बन्न सक्नुहुन्न ।

त्यसैले न पत्रकार महासंघलाई पत्याउनुस्, न कुनै आस्थावान संगठनलाई । यी सबै ढाँटिरहेका छन् । ती संगठनहरुमा राजनीतिक अभिष्ट पूरा गर्नेहरुको हालीमुहाली छ । उनीहरुलाई पत्रकार होइन भीड चाहिएको छ । चुनाव जित्नु छ । त्यसैले पत्रकारहरुको नेतृत्व गरिरहेको झाँसा दिएर सारा समाजलाई धोका दिइरहेका छन् यी संगठनहरुले । उनीहरु आआफ्ना राजनीतिक शक्ति र सत्ताको सेवामा तल्लीन छन् । ती संगठनमा च्यापिएर कतै कुनामा बसेका पत्रकारहरु चाहीँ चिन्नुहोला ।

आखिर कसैलाई किन पत्रकारिता नगरिकनै आफूलाई पत्रकार भनिरहनु परेको होला ? तपाईं पनि यो प्रश्नमा घोत्लिनुभएकै होला । उत्तर पनि तपाईंले फेला पार्नुभएकै होला । आउनुहोस्, उत्तरहरु भिडाऔँ है त । उत्तर उदाहरणसहित दिएको छु । उदाहरणमा उ मात्रै लेखिएपनि कुरा उनीहरुको हो है ।

कारण १ ः अतिरिक्त शक्ति ।
उदाहरणः उसले अहिलेसम्म पत्रकारिता गरेको छ भनेर कसैले पत्याउँदैन । तर, उसलाई उसको पार्टीले पत्रकारको नेतृत्वको ठेक्का दिएको छ । पत्रकारको संगठनमा कसलाई नेतृत्वमा ल्याउने, कसलाई नल्याउने उसले नै निर्णय गर्छ । पत्रकारहरु पनि उसलाई खुरु खुरु मान्छन् । उसको दलका नेताहरुले पत्रकार भनेर उसैलाई खोज्छन् । उसैले केन्द्रका नेताहरु जिल्लामा आएका बेला आफ्नो संगठनबाट प्रेस मिट गराउने चाँजोपाँजो मिलाउछ । चुनावहरुमा प्रोपगाण्डा फैलाउने ठेक्का उसैले पाउँछ र पत्रकारहरुलाई परिचालन गर्छ । उसैले मिडियाहरुमा पत्रकारहरुलाई जागिर लगाइदिने ताकत राख्छ ।

उ होटलमा पत्रकारको नेताको धाकमा उधारोमा रक्सी पनि खान्छ । उसले सिडिओदेखि एसपीको क्वाटरमा बसेर रक्सी खाने हैसियत राख्छ । भन्सार छलिदेखि तस्करीवापतको भाग उसले पनि पाउँछ । सरकारी अफिसहरुमा पेट्रोलको खर्च माग्न सक्छ र पाउँछ पनि । हाकिमहरु पनि उसको नामबाटै प्रभावित हुन्छन् । उसले भनेको कुरा प्रायः टार्दैनन् । अनि तिनै होटलवाला, सरकारी हाकिमहरु र तपाईंहरु पनि पंक्तिकार भेट भएका बेला गरिदिनुहुन्छ उसैको चर्चा र लज्जित बनाउन खोज्नुहुन्छ । उ पत्रकार होइन भन्छु, तपाईं हो भन्नुहुन्छ ।

कारण २ ः परिचयको दुरुपयोगबाट असीमित लाभ
उदाहरण ः उ कुनै समयमा पत्रकारिता गथ्र्याे । तर, अहिले अर्कै पेशा गर्छ । एनजिओ चलाउँछ, व्यापार गर्छ, स्कुल चलाउँछ या अरु केही । उसको पुरानो असल कर्मको स्वभाविक लाभ उसले पाउनु नै पर्छ । तर, उ पत्रकारको पुरानो परिचयको दुरुपयोग वा दवाबमा सरकारी योजना तथा कार्यक्रमहरु, ठेक्कापट्टाहरु आफू र आफ्नो नजिकका व्यवसायमा ल्याउन सफल हुन्छ । त्यसो नगरे खुइल्याईदिने धम्की दिन्छ । उसकै आडमा र संरक्षणमा अवैद्य कर्म गर्ने धन्दाहरु सन्चालनमा हुन्छन् । ती धन्दाहरुमा सरकारी अधिकारी र नेताहरुको अप्रत्यक्ष समर्थन र साथ हुन्छ । भन्सारदेखि अस्पतालसम्म अवैद्य कर्ममा त्यो पूर्व पत्रकारले सेटिंग मिलाउँछ । अनि तपाईंहरु उ पनि पत्रकारै हो भन्नुहुन्छ । म भन्छु, पत्रकार हुनलाई पत्रकारिता गरिरहेकै हुनुपर्छ । तपाईं पत्याउनुहुन्न ।

कारण ३ ः सत्तासिन र कर्मचारीतन्त्रको अवैद्य साँठगाँठ
उदाहरण ः अहिले स्थानीय तहमा बजेटको ओइरो छ । खराब नियतका कर्मचारीहरु प्रायः स्थानीय तहमा छन् नै । विज्ञापन र सुचनामा पनि प्रतिशतका हिसाबले कमिसन माग्ने कर्मचारीहरु छन् । विज्ञापन र सूचना दिँदा कुनै मापदण्ड छैन । जसको चिनाजर्ची छ र कमिसन बढी मार्जिनमा जसले दिन्छ उसैले विज्ञापन पाउँछ । अनि उसले यो कुरा थाहा पाउँछ । एउटा अनलाइन पोर्टल बनाउन लगाउँछ । एउटा कार्ड बनाउँछ प्रेस लेखिएको । पुग्छ तीनै कर्मचारीसामू, पत्रकार बनेर । उसलाई केही पैसावालहरुले पनि संरक्षण गरेजस्तो गर्छन् । जनप्रतिनिधिहरुको पछिपछि लाग्छ । गुनगान गाउँछ । उनीहरुको पहुँचको दुरुपयोग गर्छ । जनप्रतिनिधि पनि उसलाई साथमा राख्दा फाइदा देख्छन् ।

उसले एउटा राम्रो फेसबुक स्टाटस बराबरको समाचार पनि लेख्न पनि धौ धौ पर्छ । कर्मचारीले लेखिदिएको समाचार अनलाइनमा पोष्ट गर्छ । अनि दिनभरी धाउँछ, सरकारी कार्यालयहरु । उसलाई विज्ञापनबाट पैसा आए पुग्छ, चाहे जति आओस् । कार्यालयका हाकिमहरु पनि कमिसनको मोटो मार्जिन देखेपछि खुसी हुन्छन् । उसैले पाउँछ, स्थानीय सरकार र सरकारी कार्यालयका विज्ञापन तथा प्रचारका कामहरुको विज्ञापन गर्ने ठेक्का । असली पत्रकार र मिडिया हाउसलाई भने नियमअनुसार आउनुपर्ने विज्ञापन पनि पाउन कठिन हुन्छ ।

फेरि तिनै कर्मचारी र जनप्रतिनिधिहरु पंक्तिकार भेट भएको बेला उसैको कुरा काटेर आफूलाई भिक्टिम देखाउन खोज्छन् । पत्रकारले दुःख दिए भन्छन् । कठै ।

कतिपय इमानदार कर्मचारीहरु पत्रकार नामका मान्छेहरुबाट तर्सिने स्थिति नभएको पनि हैन । खै कताबाट, कहिल्यै नामै नसुनेको मिडियामा विज्ञापन छापिएको भन्दै टेबलमा आइपुग्छ बिल । न सम्झौता गरिएको हुन्छ, न छाप्नुपूर्व जानकारी दिइएको हुन्छ । अब भुक्तानी कसरी दिनु । जब भुक्तानी दिन नसकिने भनिन्छ । अनि लामो निवेदन आउँछ सूचना माग गरिएको । जसमा वर्षभरीका प्रायः सबै योजनाको बारेमा सूचना दिन भनिएको हुन्छ । निवेदन पनि अलग अलग इमेल आइडिबाट अलग अलग मिडियाका नाममा आउँछ । तर व्यहोरा उस्तै ।

अब ती निवेदनको जवाफ नदिउँ कानुनले अनिवार्य गरेको छ । दिने हो भने सबै काम छोडेर एक हप्ता त्यही निवेदनको उत्तर दिन समय लाग्छ । यसरी नागरिकहरुको थाहा पाउने हकको सुनिश्चितता गर्न ल्याइएको सूचनाको हकको दुरुपयोग पनि नक्कली पत्रकारले गरिरहेका छन् । ती कर्मचारीले सुनाइहाल्छन्, हेर्नुहोस्, यस्ता छन् पत्रकार । म भन्छु, ती ठगहरु हुन् । पत्याउन्नन् ।

कारण ४ः भाइरल हुने रहर, माइक देखेपछि फुर्किहाल्ने समाज र हच्कीहाल्ने राज्य
उदाहरण ः मोबाइल स्टुडियो हो, क्यामेरा हो, रेकर्डर, टिभी, पत्रिका, रेडियो सबै हो । अनि सामाजिक सन्जालले रातारात मान्छेलाई भाइरल बनाइदिन्छ । यसको प्रभावबारे अनुमान पनि गर्न नसक्ने मान्छेलाई सेलिब्रिटी बनाइदिन्छ । उसले यो कुरा थाहा पायो ।

अनि एउटा युट्युव च्यानल खोल्यो, एउटा फेसबुक पेज खोल्यो, एउटो क्यामेरा र बुम जोड्यो । कुदिहाल्यो मुखमा माइक ठुस्न । व्यक्तिको वैयक्तिक स्वतन्त्रताको समेत ख्याल नगरी र्याखर्याख्ती पार्याे ।

घर झगडाका कुरा, स्वास्नी पोइल गएको, श्रीमानले अर्कै श्रीमति लगेर भागेको, कसैले अन्टसन्ट बोल्ने गरेको थाहा पाउनेबित्तिकै दौडेर पुग्यो । नाबालक छोराछोरीलाई अगाडि राखेर रोएको कराएको भिडियो बनायो । पोष्ट गर्याे । भाइरल भयो । ती नाबालक र मिडियाको प्रभावबाट बेखबर मान्छेहरुलाई थाहा छैन, यसको प्रभाव कस्तो हुन्छ । उनीहरुलाई भोली बुझ््ने भएपछि त्यही कुराले कस्तो असर गर्छ, त्यसको ख्याल कहाँ । उनीहरुको सामाजिक प्रतिष्ठाको सम्मान त झन् परको कुरा । कोही बलात्कारी भाइरल भइरहेको छ भने उसैका विषयमा भिडियो बनाएर भाइरल बनाएको छ । अन्धविश्वास, सामाजिक विभेदलाई बढावा दिने मान्छे वा जो सुकै होस्, भ्युज आउनेजस्तो लाग्यो पोस्ट्याइहाल्यो । उसलाई तथ्य र सामाजिक उत्तरदायित्व भन्नेकुराको भेउसमेत हुँदैन । अनि तपाईं भन्नुहुन्छ, यस्ता पनि छन् पत्रकार ।

तर, यहाँ भाइरल शब्दमा तपाईंले आफूलाई चाहीँ देख्नुभएन । उसलाई भाइरल बनाइदिने तपाईं पनि हैन ? अनि मैले उ पत्रकार होइन भनेको तपाईं कसरी पत्याउनुहोस् ?

अर्काेथरी उ छ । उसँग कार छ । कारमा केही साथीहरु बोकेर हिड्छ । युट्युवमा पछाडि टिभी भनेर नाम लेखिएको च्यानल बनाएको छ । अनि उ देश दौडाहामा हिड्छ । प्रत्येक स्थानीय तह र वडा कार्यालयमा पुग्छ । कर्मचारी र जनप्रतिनिधिहरुलाई अन्तर्वार्ता दिनका लागि हत्तु गर्छ । अन्तवार्ता युट्युवमा आइसकेपछि त्यसैलाई भिडियो डकुमेन्ट्री बनाइदिएको भनेर रकम माग गर्छ । त्यहाँ पनि कमिसनको मार्जिनको कुरा न हो । कर्मचारी पनि राजी, जनप्रतिनिधि पनि राजी ।

उसले भनेको कुरा नपुर्याइदिए अन्टसन्ट बोल्दै लाइभमा आउनसक्छ । बेइज्जत गराइदिन सक्छ । उस्तै परे गल्तीको पोल पनि खोल्दिन सक्छ । यही सोचेर पनि कर्मचारी, जनप्रतिनिधिहरु उसलाई पनि पत्रकार मानेरै बसेका छन् । सेवा सत्कार गरिरहेका छन् । फेरि यीनै कर्मचारी, जनप्रतिनिधिहरु पंक्तिकारसँग भेट भएको बेला नाक खुम्च्याएर उसकै चर्चा गर्छन् । उ पत्रकार होइन भन्छु, हो नै भनेर जिद्धि गरी बस्छन् ।
…..
पत्रकारिता पेशामा गेट छैन । तर पेशाका आफ्नै मापदण्डहरु छन् । ती मापदण्डका सीमाहरु प्रविधिको बिस्तारले मधुरा भएका छन् । अहिले हरेक मान्छे आ आफ्नो समस्याको प्रवक्ता आफै हुन पाउने र आफ्नो अभिव्यक्ति कसैको भर नपरी दिनसक्ने समय आएको छ । त्यसैले बोल्ने, क्यामेरा बोक्ने, माइक बोक्ने, प्रेस लेखिएको आइडि कार्ड बोक्ने सबै पत्रकारै हुन् भन्ने सामान्य नजरमा लाग्नु स्वभाविक हो । तर, असली पत्रकारिताले नागरिकलाई सूसुचित र सुशिक्षित हुन मद्धत गर्छ, न्याय, समानता र नागरिकको अधिकारका कुरा गर्छ, राज्यको निगरानी गर्छ र उसका कमीकमजोरीमा जवाफ मागेर नागरिकप्रति उत्तरदायी बनाउन भूीमका खेल्छ, समाजको सबैभन्दा कमजोर वर्गको हितका लागि आवाज उठाउँछ । यसबाट समाज प्रत्यक्ष प्रभावित हुने, यसको असर बहुआयामिक हुने र हामी सबैको जीवनसँग यसको सम्बन्ध रहेको हुँदा अलि बढी मिहिनत गरी पत्रकारिता के हो र के होइन ? भन्ने धारणा स्पष्ट गर्नु सचेत नागरिकको कर्तव्य हुन आउँछ । राज्यमा बसेकाहरुले माथि उदाहरण दिइएका जस्ता मान्छेहरुलाई पत्रकार मानेर पालिराख्ने र यसैको आडमा झन् ठूला भ्रष्टाचार गर्ने वातावरण बनाउँछन् । यो कुरा चिनौँ । उनीहरुलाई चिनौँ ।

Previous Post

फोक्सुन्डोको स्वर्गीय सयर

Next Post

बुद्धको अवशेष राखिएको रामग्राम स्तुप

Next Post
बुद्धको अवशेष राखिएको रामग्राम स्तुप

बुद्धको अवशेष राखिएको रामग्राम स्तुप

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version