For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

उपमहानगरका पुरानै कार्यक्रम, नयाँ छैनन् ठोस

byDainik Nepalgunj
June 25, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जको बजेट १ अर्ब ५० करोड
Share on FacebookShare on Twitter

वीरेन्द्र जैसी

नेपालगन्ज उमहानगर–पालिकाको आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमको खडेरी देखियो । प्रायः कार्यक्रमहरू कि त पुरानै नीति तथा कार्यक्रमबाट हुबहु सारिएका छन् । कि त अमुर्त छन् । ठोस लक्ष्यसहितका कार्यक्रम नभै शब्दजालमा राखेर नीति तथा कार्यक्रम ल्याइएको देखिन्छ ।

आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रमसँग तुलना गर्दा ४३ प्रतिशत भन्दा बढी बुँदाहरू हुबहु सारिएका छन् । उदाहरणका लागि, रोजगारीसँग सम्बन्धित ११ बुँदामध्ये ८ वटा बुँदा पुरानो नीति तथा कार्यक्रमबाट हुबहु सारिएका छन् । यसैगरी, महिला, बालबालिकातर्फका ९ मध्ये ४, शिक्षा, युवा तथा खेलकुदतर्फका १३ मध्ये ६ वटा बुँदा हुबहु छन् । बाँकी बुँदाहरू पनि ठोस लक्ष्यसहितका छैनन् । अरू त कुरै छोडौँ, नीति तथा कार्यक्रममा नगर प्रमुखको सम्बोधन पनि जस्ताको तस्तै छ शब्दशः ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएकोमा आगामी वर्षको नीति तथा कार्यक्रमको पहिलो नम्बरमा राखिएको छ, धार्मिक, साँस्कृतिक र पर्यटन सम्बन्धि नीति । यस नीतिमा नयाँ छ, भिजिट वेष्टर्न नेपाल २०८१ । यो कार्यक्रम पनि माथिल्ला सरकार र अन्य संघ संस्थासँग सहकार्य गरी सञ्चालन गरिने भनिएको छ ।

दोस्रो नम्बरमा राखिएको सुशासन, संस्थागत विकास र न्यायिक नीतिका ११ बुँदामध्ये ६ बुँदाहरू हुबहु छन् । यसमा आवधिक योजना निर्माण गर्ने विषय उल्लेख गरिएको छ ।

स्वास्थ्य सम्बन्धि नीतितर्फका १८ मध्ये ७ बुँदा हुबहु छन् । स्वास्थ्यतर्फ वडा नम्बर २० मा जलन उपचार केन्द्र निर्माण गर्ने कार्यक्रम राखिएको छ । यो कार्यक्रम कार्यान्वयन भएमा एक प्रभावकारी काम हुने देखिन्छ । यसैगरी ज्येष्ठ नागरिकका लागि घरघरमा गएर स्वास्थ्य जाँच गर्ने, पाठेघरको मुखको क्यान्सरको स्किृनिङ्ग गर्ने, महामारी रोगका लागि औषधि स्टकमा राख्ने जस्ता योजना समेटिएको छ ।

महिला ज्येष्ठ नागरिक र बालबालिकासँग सम्बन्धित कार्यक्रममा महिला उद्यमी सहजीकरण केन्द्र र नमुना बस्ती विकास कार्यक्रम र ग वर्गको अपांगता भएकाहरूलाई स्वास्थ्य बीमा गर्ने कार्यक्रम नयाँ छन् ।

शिक्षा युवा तथा खेलकुदतर्फ १३ मध्ये ६ कार्यक्रम हुबहु छन् । शिक्षकहरूको क्षमता विकास गर्ने, सुपरिवेक्षण गर्ने, विद्यालयमा न्यूनतम भौतिक पूर्वाधार निर्माण गर्ने र युवा क्लब गठन गर्ने उपमहानगरले भनेको छ ।

सहकारीतर्फ सहकारीप्रतिको विश्वास फर्काउने कार्यक्रम सञ्चालन गर्ने, सहकारीहरूलाई सहकारी मार्टहरू सन्चालन गर्न प्रोत्साहन गर्ने, सहकारीकर्मीको क्षमता विकास गर्ने कार्यक्रम राखिएका छन् ।

कृषि र पशुतर्फका अधिकांश कार्यक्रमहरू अमुर्त र पुरानै छन् । ठोस लक्ष्य तोकिएको छैन । तरकारी र च्याउ प्रवद्र्धन गर्ने, पुष्य खेती प्रवद्र्धन गर्ने कार्यक्रम यसमा राखिएका छन् । भूमि व्यवस्थापनतर्फ गाउँब्लकको जग्गा नक्सांकन गरी जग्गाधनी पुर्जा उपलब्ध गराइने भनिएको छ । नगरवासीहरूले अहिलेपनि गाउँब्लकको जग्गाको लालपुर्जा नपाउँदा मर्कामा परिरहेका बेला यो कार्यक्रम कार्यान्वयन भएमा उनीहरूलाई राहत पुग्ने देखिन्छ । उपमहानगरपालिकाले अब प्रदान गरिने सेवाहरूलाई पूर्णरूपमा डिजिटलाईजेशन गर्ने कार्यक्रम उल्लेख गरेको छ ।

उपमहानगरपालिकाले आगामी आवका लागि तय गरेको योजनामा नगरप्रहरीलाई प्रभावकारीरूपले परिचालन गर्ने नीति लिएको देखिन्छ । नगर प्रहरीलाई सडकपेटी हटाउने, मापदण्डविपरितका संरचना हटाउने, होटल रेष्टुराको मापदण्ड अनुमगन गराउने र ई रिक्साको व्यवस्थापनमा परिचालन गर्ने नीति उपमहानगरले तय गरेको छ ।

वन वातावरणतर्फ पनि अधिकांश पुरानै कार्यक्रम छन् । यद्धपि ताल तलैया एवं हरियाली क्षेत्रको विकास तथा संरक्षण गर्ने र हरित सहर बनाइने भनिएको छ ।

भौतिक पूर्वाधारतर्फ रिंगरोग निर्माण गर्ने र ल्याण्ड पुलिंग गर्ने वर्षाैँ पुरानो योजनालाई अहिलेपनि निरन्तरता दिइएको छ । यसमा भएको प्रगति शून्य छ । मर्मत सम्भार कोष बनाउने योजना पनि उल्लेख छ । पहिले होटलसँग सर्वसाधारणका लागि शौचालय प्रयोग गर्न दिन समन्वय गर्ने भनिएकोमा यसपटक पेट्रोल पम्पहरूसँग यस्तो समन्वय गर्ने कार्यक्रममा उल्लेख गरिएको छ । बागेश्वरी मन्दिर पूर्वको चिल्ड्रेन पार्क बनाउने योजना आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पारिएको छैन । वडास्तरीय योजना छनौट गरी कार्यान्वयन गर्ने कार्यक्रम पनि हटाइएको छ । नगर यातायात गुरुयोजनालाई शंसोधन गरी सोहीअनुसार सडक बनाइने नीति तथा कार्यक्रममा भनिएको छ ।
सामाजिक विकासतर्फ टोलस्तीरय संस्थालाई अभिमुखिकरण, गरिबसँग स्थानीय सरकार कार्यक्रममा कर्जालाई प्रभावकारी बनाउन दण्ड र पुरस्कारको नीति लिइने भनिएको छ । सामी परियोजनासँग मिलेर तीनवर्षभित्र वैदेशिक रोजगार मैत्री स्थानीय तह बनाउने र सँगै आत्मनिर्भर स्थानीय सरकार बनाउने परस्पर बाझिने शब्दावलीसहितका कार्यक्रम पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

Previous Post

डुडुवाको नति तथा कार्यक्रम पारित

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
गैरकानुनी कार्य कडाइका साथ नियन्त्रण गरिने

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

श्रम स्वीकृति लिने बढे

May 10, 2026
सहकारीका सदस्यलाई वित्तीय साक्षरता

सहकारीका सदस्यलाई वित्तीय साक्षरता

May 10, 2026
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version