For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

विचारः चेपाङले चिनेको, समाजले नचिनेको चिउरी

byDainik Nepalgunj
July 15, 2024
in विचार
0 0
0
विचारः चेपाङले चिनेको, समाजले नचिनेको चिउरी
Share on FacebookShare on Twitter

चिउरी एक प्रकारको बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट दुई सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइका भिरपाखा, नदी किनार तथा खोँचका ओसिलो माटोमा हुर्कने र सप्रिने चिउरीको कुनै पनि भागलाई उपयोगमा ल्याउन सकिन्छ । विशाल छाँयादार चिउरीका रूखहरु सप्रेको ठाउँमा २०–२५ मिटरसम्म अग्लो र १०–१५ फुटसम्म गोलाइ हुने गर्छन् । प्राकृतिक अवस्थामा चिउरी सय वर्षसम्म सजिलै बाँच्न सक्ने रूख प्रजाति हो । चिउरी मकवानपुर, धादिङ, चितवनसहित विभिन्न जिल्लामा फैलिँदै गरेको अल्पसङ्ख्यक चेपाङ समुदायको संस्कृति र सभ्यतासँग जोडिएको वनस्पति पनि हो । समुन्द्र सतहदेखि १५ देखि २० मिटर उचाइ हुने चिउरी १२ वर्षदेखि ७० वर्षसम्म फल्छ भने एउटा रूखले कम्तीमा ५० देखि एक सय ५० किलोग्रामसम्म उत्पादन दिने गर्छ ।

पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म नै चिउरी पाइए पनि मध्यनेपाल र सुदूरपश्चिम क्षेत्रमा बढी पाइन्छ । बागमती प्रदेशमा मकवानपुर, चितवन, धादिङ चिउरी पाइने प्रमुख जिल्ला हुन् । घमाइलो पाखाको ओसिलो माटोमा चिउरी बढी सप्रिने गर्दछ । चिउरीको फल साना, अन्डाकार दुई सेमीसम्म लम्बाइका पाइने गर्छन् । फलको बाहिरी भाग गुदियुक्त, रसदार स्वादिष्ट हुन्छ भने बीचमा बियाँँ रहेको हुन्छ । हल्का पहेँलो रङको फूल हुने चिउरी असोज कात्तिकमा फुल्न सुरु भई माघ महिनासम्म फुल्ने गर्दछ । फागुनदेखि असारसम्म बोटमा फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेँलो हुन्छ । फलभित्र एकदेखि तीन वटासम्म बियाँ हुन्छन् । बजारमा चिउरीको माग उच्च रहेको छ । प्रतिकेजी रु ७० को दरले चिउरी बिक्री हुने गरेको छ । एउटै रूखमा डेढ क्विन्टलसम्म चिउरीका बियाँ उत्पादन हुने गरेको छ ।

यतिबेला चिउरीको नयाँ बिरुवा लगाउने समय पनि सुरु भएको छ । वनस्पति विज्ञहरुका अनुसार बीउबाट चिउरीको विरुवा उमार्नु र खेतीका रुपमा लगाउनु उत्तम हुन्छ । असार–साउनमा पाकेको पहेँलो भएको चिउरीको फलबाट बीउ निकाल्नु उत्तम मानिन्छ । बियाँ धोएर छायाँमा सुकाएर फलबाट निकालेको सात दिनभित्र रोप्नु राम्रो हुन्छ । पात कुहेर बनेको जङ्गलको मलिलो माटो, बलौटे माटो र राम्ररी पाकेको गाईवस्तुको मल मिसाएर बनाइएको माटोमा बीउ रोप्दा बियाँ १२ घण्टा अगाडि भिजाउनु उपयुक्त हुने बताइएको छ । असार, साउन र भदौसम्म बीउ रोप्न सकिने बताइएको छ । २० देखि ४० सेन्टिमिटर अग्लो भएको विरुवा रोप्नु उपयुक्त हुन्छ । पाँच वर्षसम्म यसलाई मलजल गर्दा पुग्छ । चिउरी रोपेको बाह्र वर्षदेखि ७० बर्षसम्म फल्ने गरेको छ ।

बहुपयोगी चिउरी चिउरी अत्यन्त गुणकारी र लाभदायक वनस्पति हो । यसको पातदेखि बिया फल, फूल, रूख सबै उपयोगी हुनाले यसलाई ‘कल्पवृक्ष’ पनि भन्ने गरिन्छ । फूल मात्रै होइन, चिउरीको चोप पनि सिकार गर्न प्रयोगमा आउँछ । चिउरीको चोप निकालेर लिसो बनाएर चराको सिकार गर्न सकिन्थ्यो । यसको बियाँबाट घीउ वा तेल निकालिन्छ भने पिना माछा मार्न विषका रुपमा र अन्नबालीमा मलका रुपमा प्रयोगमा हुने गर्छ । खुट्टा फुटे, घुँडा दुखे, अनुहारमा दाग आए यसको घीउ प्रयोग गर्न सकिन्छ । यस्तै, चिउरीको घीउ साबुन र मैनबत्ती बनाउन पनि प्रयोग गर्न सकिन्छ । चिउरीको घीउ कोलस्ट्रोलरहित हुने भएकाले मानव स्वास्थ्यका निम्ति लाभदायक मानिन्छ ।

फलबाट जुस, जाम र रक्सी पनि बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको महको बजारमा छुट्टै मूल्य छ । स्वादिष्ट र पौष्टिक हुने बताइन्छ । पिनाबाट जैविक मल र कीटनाशक औषधि बनाउन सकिन्छ । हिलोले खुट्टा खाँदा औषधिका रुपमा पनि पिना प्रयोग गर्न सकिन्छ । चिउरीको काठबाट विभिन्न फर्निचरजन्य सामग्री निर्माण गर्न सकिन्छ । तेल तरकारी पकाएर खान तथा जीउ दुखेमा लगाउने गरिन्छ । चिउरीको पात गाईवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ ।

चेपाङ र चिउरीको सम्बन्ध चेपाङको रैथाने बसोबास चुरेक्षेत्र र महाभारतको विकट पहाडी क्षेत्र हो । यिनीहरु चितवन, मकवानपुर र धादिङका भूमिपुत्र र यहीँ उत्पत्ति भएको मानिन्छ । चेपाङ समुदायको चिउरीसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ । चेपाङले चिउरीका कुनै पनि चीज खेर फाल्दैनन् । चिउरीका सबै चिज उनीहरुको दैनिकीमा प्रयोग हुने गरेको छ । पहिला चिउरीको पात खाना खान प्रयोग हुन्थ्यो भने दुनाटपरी बनाउन प्रयोग हुन्थ्यो । चिउरीको फूलको रस सङ्कलन गरेर खानाका रुपमा खाने चलन थियो । चिउरी फुलेका बेला रस सेवन मात्रै होइन, अलि पहिला चमेरोको सिकार खेल्ने वातावरण पनि बन्थ्यो । चिउरीको फूल फुलेका बेला चमेरो फूल खान राति आउँदा चेपाङ समुदाय फूलमा जाल थापेर चमेरो मार्थे । चमेरो आएपछि मात्रै चिउरीको फूलमा परागसेचन हुने गर्दछ । यसरी, चिउरीको पात, फूलको रस र फूलमार्फत चमेरोको शिकारसँग चेपाङ समुदायको जिन्दगी जोडिएको थियो ।

चैत, वैशाख र जेठमा चेपाङ समुदाय अहिले पनि सङ्कटमा पर्छन् । यो समय चेपाङ समुदायमा अनिकाल पर्ने समय हो । यस्तो बेला अनिकालको सञ्जीवनी बुटी नै हुने गरेको छ चेपाङ समुदायलाई चिउरी । वैशाखमा चिउरीको दाना लाग्दछ । दाना सङ्कलन गरी खानाकै रुपमा प्रयोग गर्न सकिन्छ । अनिकालका समयमा चेपाङको जीवन धान्ने बुटी चिउरी हुने गरेकाले मकवानपुर, चितवन, धादिङका चेपाङ समुदाय चमेरो र चिउरीका पर्याय नै बन्ने गरेका थिए । चेपाङ समुदायको सभ्यता र संस्कृतिसँग जोडिएको चिउरी बहुआयामिक जडीबुटीजन्य र औषधि पनि हो । चेपाङ समुदायको किंवदन्ती सुन्ने हो भने पहिला चिउरीको घीउ पशुपति र स्वयम्भूमा बत्ती बाल्न प्रयोग हुन्थ्यो । चेपाङहरु घीउ बोकेर नागढुङ्गा हुँदै काठमाडौँ जान्थे । विसं २०१३ मा त्रिभुवन राजमार्ग (नागढुङ्गादेखि नौबिसे) र २०२४ सालमा पृथ्वी राजमार्ग (नौबिसेदेखि मुग्लिन) खुलेपछि काठमाडौँमा घीउ बोकेर जाने चलन हराउन थाल्यो ।

चिउरी बहुउपयोगी र बहुमूल्य गुण भएको वनस्पति हो । चेपाङ समुदायमा छोरीको विवाह हुँदा चिउरीलाई पितृप्रसादका रुपमा ग्रहण गर्ने चलन छ । चिउरीले अनिकालबाट चेपाङको प्राण धान्ने भएकाले छोरीलाई विवाह गरेर पठाउँदा चिउरीको रूख दाइजोका रुपमा दिने प्रचलन पनि छ । चेपाङ समुदायको जनजीविका र दोस्रो पुस्ताको घरजम व्यवस्थापनमा समेत चिउरी जोडिने गरेपछि चेपाङ चिउरीलाई सङ्कटको विकल्प ठान्छन् । चिउरी उनीहरुको जिन्दगीसँग जोडिएको बहुउपयोगी बनस्पति हो । त्यसैले फागुनमा चिउरी फुलेपछि चेपाङ खुसी हुन्छन् । अनिकालमा चिउरीको फूल फुलेपछि गाउँमा चमेरो आउँछ । चमेरो आएपछि मात्रै चिउरीका फूलमा परागसेचन हुन्छ भने चमेरोलाई मासुका रुपम उपभोग गर्न पनि पाइन्छ । साउनसम्म चिउरीले चेपाङ समुदायको जिन्दगी धानिदिन्छ । भदौमा नयाँ बाली भित्रिन्छ । नयाँ बाली भित्र्याएर भदौ २२ गते राष्ट्रिय पर्व न्वागी (छोनाम) मनाउँदासम्म केही समय चेपाङ समुदाय चिउरीमा आश्रित हुन्छन् । चिउरीखेती प्रवद्र्धन

पछिल्लो समय बजारमा चिउरीको उपभोग र बिक्री बढ्न थालेपछि यसलाई व्यावसायिक रुपमा उत्पादन र खेतीका लागि वन कार्यालयहरुले प्रवद्र्धन अभियान चलाएका छन् । डिभिजन वन कार्यालय चितवन, मकवानपुर, धादिङले ओरालो र ओसिलो भूभागसँगै बलौटे माटोमा चिउरी रोप्न सकिने विकल्पसहित बिरुवा उत्पादन अभियान चलाइएको छ । धादिङ र मकवानपुरका भिरालो जङ्गलमा रहेको चिउरीलाई अब बारीमै पनि रोपेर १२ वर्षपछि आम्दानीका रुपमा लिन सकिने भएकाले यसको व्यावसायिक रुपमा खेतीका लागि वन कार्यालयहरुले बीउ वितरण गर्न सुरु गरेका छन् । बहुउपयोगी चिउरीलाई चेपाङ समुदायबाट अरू समुदायमा पनि जोड्न र दिगो आम्दानीका रुपमा यसलाई प्रवद्र्धन गर्न बागमती प्रदेशका डिभिजन वन कार्यालयहरुले विभिन्न जागरण अभियान चलाएका छन् । (लेखक पत्रकार हुनुहुन्छ)

Previous Post

नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण

Next Post

देशभर ६७.३ प्रतिशत रोपाइँ

Next Post
आज भैयापुरमा रोपाई उत्सव

देशभर ६७.३ प्रतिशत रोपाइँ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version