For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शान्तिबाट मात्रै समृद्धि सम्भव

byDainik Nepalgunj
July 25, 2024
in News, मुख्य समाचार
0 0
0
शान्तिबाट मात्रै समृद्धि सम्भव
Share on FacebookShare on Twitter

देशमा शान्ति भयो मात्रै स्थायित्व र त्यसले समृद्धि सम्भव हुने नेपालगन्जमा बिहीबार आयोजित कार्यक्रमका वक्ता तथा सहभागीहरूले बताएका छन् ।

धार्मिक सवालहरूको बारेमा विश्वव्यापी आवधिक प्रतिवेदन प्रस्तुति तथा अन्तरधार्मिक शान्ति अभियान विषयक छलफलमा कार्यक्रममा बोल्दै धार्मिक गुरुहरू तथा विभिन्न संघ, संस्थाका प्रमुख र प्रतिनिधिहरूले अन्तरधार्मिक सद्भाव देशकै समृद्धिसँग जोडिएको बताएका हुन् ।

आयोजक जनजागर समाज खजुराका अध्यक्ष खेमराज बर्माको अध्यक्षता भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री भण्डारीलाल अहिरले अन्तरधार्मिक शान्ति अभियान घरघरमा पुग्नु पर्ने बताए । ‘जुन ठाउँमा सहमति र सहकार्य हुन्छ त्यहाँ राम्रो हुन्छ’, पूर्व मन्त्री अहिरले भने, ‘हामी जुनसुकै धर्मको भएपनि पहिले मानव हौं ।’ अहिले एक, अर्काको सम्मानले मात्रै समाज अगाडि बढ्न सक्ने बताए ।

बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले नेपालगन्ज धार्मिक सद्भावको सहर भएको उल्लेख गर्दै त्यसलाई कायम राख्न धर्मगुरुहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले असल धर्म भनेको राष्ट्र समृद्धि, सम्पूर्ण प्राणी जगत्को कल्याण भएको बताए । उनले धर्महरूहरूलाई अनावश्यक होच्याउने खालका कार्य गर्न नहुने आशय व्यक्त गरेका थिए । नेपालगन्जमा बेलाबेला हुने विवाद साम्य पार्न धर्मगुरु एक भएर लाग्ने गरेको बताए ।

मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरीले पनि समृद्धिका लागि देशमा शान्ति हुनुपर्ने आवश्यकता औंल्याए । उनले स–सानो विवादमा पनि नेपालगन्जमा कफ्र्यु लाग्ने, उद्योग, व्यवसाय, शिक्षा क्षेत्र बन्द भएको भन्दै चिन्ता व्यक्त गरे । ‘सबैले सबै धर्मको सम्मान गर्नुपर्छ’, उनले भने, ‘शान्ति विथोल्ने मान्छेलाई इश्वरले मन पराउँदैनन् ।’ नेपाल विभिन्न धर्म, जात मान्नेहरूको फुलबारी भएको भन्दै मौलाना मन्जरीले सबै मिलेर धार्मिक, सामाजिक सद्भाव कायम राखिराख्नुपर्ने बताए ।

पाष्टर कुल प्रसाद शर्माले खुला सीमा भएकाले पनि बाहिरी प्रभाव पर्ने गरेको बताए । ‘व्यक्तिको गलत बुझाई र क्रियाकलापले पनि नकारात्मक प्रभाव पर्ने गरेको छ’, उनले भने । बुद्ध धर्मका सरोज तामांगले अन्तरधार्मिक सद्भाव र शान्तिले मात्रै मानिस बस्न लायक वातावरण तयार हुने बताए ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारीले नेपालगन्ज धार्मिक हिसाबले महत्वपूर्ण ठाउँ रहेको उल्लेख गर्दै कुनै पनि धर्म अशान्ति नचाहने गरेको बताइन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले राजनीतिक कारणले धार्मिक विवाद हुने गरेको धारणा राखे । उनले नेपालगन्ज र नरैनापुरमा भएका विवादको कारक राजनीति रहेको बताएका थिए । ‘अन्तरधार्मिक सद्भावका लागि सामाजिक अन्तरघुल बढाउनु पर्छ’, अध्यक्ष विकले भने, ‘त्यसका लागि सबै क्षेत्रबाट अन्तरधार्मिक प्रवद्र्धन हुने खालका कार्यक्रमहरू गरिनु पर्दछ ।’

अन्तरधार्मिक शान्ति महासंघ नेपालका दिनेश बाबु श्रेष्ठले समाजमा शान्तिले मात्रै दिगो विकास हासिल गर्न सकिने बताए ।

गैसस महासंघका केन्द्रीय सदस्य नमस्कार शाहले नेपालगन्जमा हरेक धर्मको सहअस्तित्व स्वीकार्ने, एक अर्काको पर्व मनाउने प्रचलन रहेको बताए । त्यति हुँदाहुँदा पनि नेपालगन्ज द्वन्द्व र
सद्भाव दुवै अवस्था झेलेको बताए ।

पत्रकार मधु पौडेलले नेपालगन्ज सद्भावको सहर भनिएपनि बेलाबेला हुने द्वन्द्वप्रति चिन्ता व्यक्त गरे । उनले धार्मिक, सामुदायिक विवादका बेला नागरिकले अनाहक असुरक्षाको महसुस गर्ने अवस्था समेत रहेको आशय व्यक्त गरे ।

मानवअधिकार एलाइन्सका अध्यक्ष प्रभात कुमार ठकुरीले समाजमा हुने धार्मिक विवाद साम्य पार्न धर्मगुरु, नागरिक समाजको भूमिका महत्वपूर्ण देखिएको बताए । नेपालगन्ज बारका अध्यक्ष चित्र बहादुर शाहीले कुनै पनि धर्मले सद्भाव बिगार नभन्ने गरेको भन्दै धर्मका विषयमा चेतना स्तरमा पनि फरक रहेको बताए । ‘आफ्नो धर्म इन्जोय गर्दा अर्को धर्मलाई असर पर्नु हुँदैन’, उनले भने ।

अधिकारकर्मी सुरेश गौतमले सञ्चालन गरेको कार्यक्रममा उद्देश्यमाथि धारणा राख्दै समाजका कार्यकारी व्यवस्थापक अन्तरधार्मिक सद्भावका लागि समाजले विभिन्न कार्यहरू गर्दै आएको बताए । ‘अन्तरधार्मिक सद्भावका लागि धार्मिक अगुवाहरू बीच संवादमा जोड दिने गरेका छौं’, उनले भने ।

कार्यक्रममा विमला श्रेष्ठले धार्मिक सवालमा विश्वव्यापी आवधिक समिक्षा (यूपिआर) तथा अन्तर धार्मिक शान्ति अभियानबारे प्रस्तुति राखेकी थिइन् । उनले अन्तरधार्मिक शान्ति अभियान सातै प्रदेशमा २१ गैसस मार्फत सञ्चालन भएको जानकारी दिइन् ।

अधिवक्ता सम्झा श्रेष्ठले मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षाबारे प्रस्तुति राख्दै नेपालले महासन्धी अनुमोदन गरेपछि गरेको गतिविधि, प्रयास र यूपीआरका विभिन्न प्रक्रियाहरूबारे जानकारी गराएकी थिइन् । उनले नेपाललाई यूपीआरमा प्राप्त सुझावहरू कार्यान्वयनमा नेपालगन्ज अवस्था राम्रो रहेको बताएकी थिइन् ।

Previous Post

संघमा विवाद, महासचिवलाई स्पष्टिकरण

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबदेखि शनिबार र आइतबार सरकारी बिदा

विहान ९ बजे नै सरकारी कार्यालय खुल्ने

April 5, 2026
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

April 5, 2026
अबदेखि शनिबार र आइतबार सरकारी बिदा

अबदेखि शनिबार र आइतबार सरकारी बिदा

April 5, 2026
सभामुखमा अर्याल निर्विरोध निर्वाचित

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

April 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version